नाला/२०५४ मा सम्पन्न स्थानीय निर्बाचनमा नेकपा एमालेबाट उग्रचण्डी नाला गाउँ बिकास समितिको अध्यक्ष पदमा निर्वाचित, समाजसेवी एवं नेकपाका नेता प्रेमप्रसाद सिग्देको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
बनेपा नगरपालिका ३ नम्बर वडा कमिटीको आयोजनामा गरिएको सिग्देलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बाँस्कोटाले आफ्नै पार्टीका नेताद्वारा आफ्नो विरोधमा लगाइएको प्रमाण फेला परेको बताउनुभयो । बाँस्कोटाले कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेको बताउनु भएको थियो । नेकपाका केन्द्रीय सदस्य एवं काभ्रे ईन्चार्ज समेत रहनु भएका पुर्व मन्त्री बाँस्कोटाले भन्नुभयो, यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन । आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभ हानीमा पार्टी विभाजन गर्न नहुने बाँस्कोटाको तर्क थियो । आफुले जिल्लामा ठुला ठुला योजना अगाडी सारेकाले विकासबाट अतालिएकाहरुले केहि गरेन भनेर सामाजिक सञ्जामा लेखेको आरोप लगाउनु भयो । धुलिखेल हुँदै बनेपा नालाको हिलेजले र नगरकोटसम्म पैदल यात्राका लागी ६१ करोड रुपया छुट्याएको, सडक, खानेपानी लगायतका विकासका काममा शुरु भएको बास्कोटाले बताउनु भयो । आफुले निर्वाचनमा बाचा गरेका काम धेरै सुचारु भएका र आगामी २ वर्ष भित्रमा केहि सकिने, कुनै निर्माणको चरण हुने बताउनु भयो । वाँस्कोटाले नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका सिग्देलले नाला क्षेत्रको विकासका लागि मात्रै नभई पार्टी निर्माणमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको थियो । उहाँको निधनले नेकपा र स्थानीय नागरिकलाई अपुरणीय क्षति पुगेको नेकपा इन्चार्ज एवं पूर्वमन्त्री गोकुल बास्कोटाले बताउनु भएको थियो ।
कार्यक्रममा पूर्वसांसद् विदुर सापकोटा, बाग्मती प्रदेश सांसद् बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, चन्द्र लामा, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, नेकपाका बाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्ला अध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबा, जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, मुक्ति विष्ट, तुलाप्रसाद दाहाल, पूर्व जिल्ला कमिटी सदस्य रामशरण दाहाल, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका ३ नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्का वडा नम्बर १४ गौरी राउत लगायत पार्टीका नेता कार्यकर्ता लगायतले स्व. सिग्देलप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य बनेपा नगरपालिका ३ नम्बर वडाका नेता विदुर प्रसाद सिग्देलले राख्नु भएको थियो भने सभापतित्व वडा कमिटी संयोजक रामप्रसाद दाहालले गर्नु भएको थियो ।









