2026 July 06/ 10:16: 46pm

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल क्लबका सदस्यहरु विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख अतिथ्यतामा भएको थियो । प्रमुख अतिथी दाहालले नगरपालिकाको चौतर्फी विकासका लागि र  हिंसा न्यूनिकरणका लागि महिलाहरु अझै अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । नगरपालिकाले सवै वर्ग, क्षेत्र लाई समेटदै अगाडी बढाउदै लगिएको दाहालले बताउनु भयो । महिलाहरका लागी सिप सिकाई, बालबालिकाहरुलाई उनिहरुको क्षमता अनुसारको कार्यक्रम, छात्रहरको लागी निशुल्क प्याड वितरण, बाल क्लब गठन गरिएको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले हिंसा भन्ने वित्तिकै महिलालाई मात्र भन्ने बुझाई रहेको हुदाँ सबै त्यो खब त्याग्नु पर्ने बताउनु भयो । बालबालिका आफ्नैआफन्तबाट असुरक्षित भएका छन् त्यस तर्फ सबै सचेत भई हिंसा रोक्न लाग्नु पर्ने बताउनु भयो । नगरपालिकाले जनप्रतिनीहरु सगं समन्वय गरी हिंसा अन्त्यका लागी चेतनामुलक कार्य गर्दे आएको उप्रेतिले बताउनु भयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुवेदी, निरिक्षक निर्मला कार्कि , कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले कोभिड–१९ ले पारेको असरका बारेमा सोधेका थिए । त्यसै गरी लैगिंक हिंसा सम्बन्धिी गरिएको बकृत्वकला कार्यक्रममा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।