2026 July 06/ 10:16: 47pm

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ७ अन्तर्गत जगन्नाथ र्माग सडक कालोपत्रे निमार्णकार्य सम्पन्न भएको छ । 
उक्त सडकको उद्घाटन बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले उद्घाटन गर्नु भएको थियो । वागमति प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत रकम वियोनिजित गरीएको सांसद हुमागाईले वताउनु भयो । हुमागाईले निर्वाचनमा गरिएका बाचा क्रमशै सगं पुरा गरिदै गएको बताउनु भयो । बनेपा नगरपालिकालाई आगामी २ वर्षमा वाँकी विकासका कामहरु सक्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । संघ, प्रदेश, स्थानिय सरकार मिलेर विकासका कामहरुलाई तिब्रता दिने हुमागाईले बताउनु भयो । खानेपानी, करिडोर, फोहोर ब्यबस्थापन, सडक कालोपत्रे  जस्ता विकासका कामहरुलाई निरन्तरता दिने र केहि महिनामै एकिकृत खानेपानि आईपुग्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत कबिराज उप्रेतिले जनप्रतिनीधि, उपभोक्ता र कर्मचारी सबैको सहकार्यमा विकासमा निमार्ण सहज हुने बताउनु भयो । जनप्रतिनीले बिकासका लागी बजेट छुट्याएको बजेट कर्मचारीले कार्यन्वय गर्ने हो, उप्रेतिले बताउनु भयो । नगरपालिका र नगरबासीहरु सबै मिली फोहोर, खानेपानी, सडक शिक्षा, स्वास्थ्य क्षेत्रमा सहकार्य गरी विकास गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वनेपा नगरपालिका ७ नम्बर वडा अध्यक्ष वर्ण शाक्यले आफुले निर्वाचमा गरेको प्रतिबद्धता पुरा गर्दे आएको बताउनु भयो । वडाका सबै मार्गहरु कालोपत्रे सम्पन्न गरिसेको, अब सहायक मार्गहरुको काम आगामी २ वर्ष भित्र पुरा हुने बताउनु भयो । वडाको ठुला योजना चण्डेश्वरी करिडोर, पुण्यमाता करिडोर, निमार्णकार्य जारी रहेको शाक्यले  बताउनु  भयो । वडाबासीहरु र उपभोक्ताको सक्रियतामा विकासका कामहरु सम्पन्न भएकाले वाँकी विकासका काममा सहयोग हुने विश्वास ब्यक्त गर्नु भयो । वडामा विकास गर्दा सामान्य पुर्वाधार सम्पन्न गरी कालोपत्रे गरिएको र दिगो रुपमा विकासका कामहरु गरिएको शाक्यले बताउनु भयो । जगन्नाथ मार्ग टोसुधार उपभोक्ता समितीका अध्यक्ष मोहन कुमार श्रेष्ठले उपभोक्ता बाट १८ लाख वागमति प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम बाट ५० लाख गरी जम्मा ६८ लाखमो उक्त मार्गमा कालोपत्रे गरिएको बताउनु भयो । उक्त मार्गमा ढल, खानेपानी पाईप, साईडे«न निमार्ण सम्पन्न गरी ५ सय मिटर कालोपत्रे गरिएको बताउनु भयो । उपभोक्ता नै जागरुक भै विकासका काम समयमा नै सम्पन्न हुने रहेछ, श्रेष्ठले भन्नु भयो ।  कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसी, १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ११ का वडा अध्यक्ष शिब कुमार थापा विभिन्न संघ संस्थाका प्रतिनीधी, उपभोक्ता समिती, स्थानिय उपभोक्ता लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तबय उपाध्यक्ष होम श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रम  उपभोक्ता समितीका अध्यक्ष मोहन कुमार श्रेष्ठको सभापतित्वमा र  संचालन सचिब बलराम पौडेलले गर्नु भएको थियो ।