दाप्चा/जिल्लाकै पुरानो १९९६ सालमा स्थापना भएको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयको २ वटा २१ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।
एशियाली विकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवनको उद्घाटन बागमती प्रदेश सांसद् चन्द्र लामाले एक कार्यक्रमका विच गर्नु भएको थियो । भवन उद्घाटन गर्दे लामाले विद्यालयको भौतिक पुर्वाधारसँगै शिक्षाको गुणस्तरमा बृद्धि गर्नुपर्ने बताउनु भयो । विद्यालयमा आवश्यक जनशक्ति, कम्प्युटर ल्याब, १ विद्यालय १ नर्स जस्ता कार्यक्रमहरुमा सहयोग गर्ने बताउनु भयो । निर्वाचनमा गरिएका बाचाहरु पुरा हुदै गएका र आफुले दाप्चा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका नगर प्रमुख टिपि शर्माले विद्यालयले अब प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । नगर प्रमुख तिमल्सिनाले विद्यालयहरुले प्रविधीमैत्री शिक्षा प्रदन गरी नगरका सम्पुर्ण विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नेुपर्ने बताउनु भयो । नगरले विाद्यलयहरुमा भौतिक विकाससँगै गुणस्तरीय र प्राविधिक शिक्षालाई कस्तो सहयोग गर्नुपर्ने हो गर्न तयार रहेको तर शिक्षाको गुणस्तरमा कुनै सम्झौता नहुने तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, पुनर्निर्माण आयोजनाका प्रमुख देव कुमार बराल, वडा अध्यक्ष शेर बहादुर तामाङ, नेपाल पत्रकार महासघंका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक दिनेश अधिकारीले विद्यालय अपाङ्गमैत्री, बालमैत्री, खानेपानी टयाङ्की, कपाउण्ड वाल, र २ वटा शौचालय निर्माण भएको बताउनु भयो । अधिकारीले जिल्लाकै पुरानो विद्यालयमा मावि दरबन्दी १ जना मात्रै, अन्य जनशक्ति कम रहेको, विद्यार्थी संख्या २ सय जना रहेकोले प्रदेश सरकार र नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । विद्यालयले आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएकाले जनशक्ति अभाव भएको हुँदा असर परेको अधिकारीले बताउनु भयो ।
कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष दिल बहादुर श्रेष्ठको सभापतित्वमा र शिक्षक किशोर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।









