बनेपा/लकडाउनमा सबै ज्यान जोगाउन घर भित्र बसिरहेको मौका छोपी उज्वलले मोबाईलको टावरमा प्रयोग हुने ब्याट्री माथी आँखा गाडे पछि प्रहरीको फन्दामा परेका छन् । उज्वलसँगै सुनिल पनि प्रहरीको हिरासतमा परेका छन् ।
बनेपा नगरपालिका वडा नम्वर १ बस्ने उज्वल लामिछाने र जिल्ला दाङ घोराही नगरपालिका वडा नम्वर ९ बस्ने सुनिल भन्ने हेमन्त कामर डाँगी समेत गरी दुइ जनालाई विटिएस टावरमा जडान गरिएको ब्याट्री लगायतका सामानहरु चोरी गरी सेतो बोरामा प्याकिङ गरी बनेपातर्फ लैजान लागिरहेको अवस्थामा टावर रहेको जग्गाधनी भुवन के.सी समेतका स्थानीयले देखी टावरमा काम गर्ने कर्मचारीलाई खबर गरेका थिए । चोरीलाई नै पेशा बनाउने उदेश्यले लकडाउन अवधीमा चोरी गर्ने समुह मध्येका केहिलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन कार्यान्वयन गराउने अभियानमा कृयाशिल प्रहरीले दुरसञ्चार सेवाका टावरमा राखिएका ब्याट्री चोरी गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । लकडाउन अवधीमा शहरी क्षेत्रमा चोरी बढेको गुनासो आए सँगै प्रहरीले शुरु गरेको अप्रेसनमा उनिहरु पक्राउ परेका हुन् । एनसेल प्रालिले दुर संचार सेवाको बिस्तार र विकासका लागि पनौती नगरपालिका वडा नम्वर ५ को चौकोटमा रहेको विटिएस टावर (विएजी १६४) मा २०७६ चैत्र १९ गते साँढे १ बजे बा ६३ प ६६३० नम्बरको रातो कालो रंगको स्कुटरमा आई चोरी गर्ने क्रममा प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
टावरको कम्पाउन्डमा लगाएको ताला फोडी विटिएस टावरको ढोका फोरिएको ब्याट्री लगायतका सामानहरु चोरी गरेका थिए । उक्त सामानहरु टावरकै भएकाले गैह्कानुनी कार्यबाट प्रालिलाई क्षति पु¥याई नागरिकलाई सुचनाको हकबाट समेत अवरोध गर्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ ।
उता २०७६ चैत्र २६ गते राती ११ बजेको समयमा रोशी गाउँपालिका वडा नम्वर ३ भदौरे स्थित लागु औषध गाँजा सेबन गरी सुर्यबहादुर लामाको हजुरबुबा रत्नबहादुर लामा र प्रतिवादी कमल लामा मात्र बसेको अवस्थामा रत्नबहादुर लामालाई हातपात गरी धारिलो हतियार खुकुरी समेतले प्रहार गर्न लागेको अवस्थामा चिच्याहट भयो । जेष्ठ नागरिक हजुरबुबालाई कुटपिट गरी धारिलो हतियार खुकुरी समेतले प्रहार गरेको देखे पछि सम्झाई बुझाई गर्दा उल्टै हातपात गरी धारिलो हतियार खुकुरीले प्रहार गर्न खोज्दा छेक्ने क्रममा सुर्यबहादुर लामाको देब्रेहातको औंलामा समेत टोकी दिएका थिए । तत्काल उनलाई स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा प्रतिवादी कमल लामाको साथमा लागु औषध गाँजा समेत फेला प¥यो । उनलाई प्रहरीले लागु औषधी सम्वन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले लकडाउनकै अवधीमा लागु औषधमा अभियोगमा पक्राउ परेकी सुभद्रा तिमल्सिना र जर्बजस्ती करणी मुद्दामा पक्राउ परेका उग्रचण्डी नालाका एकजना युवालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । अदालत बन्द रहेको भए उनिहरु सबै हिरासतमै रहन्थे ।
चैत्र २७ गते राती रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको बा ६५ प ८१२४ नम्वरको २२० सिसीको पल्सर मोटरसाईकल चोरी भाग्ने युवाहरुलाई मंगलटार प्रहरी चौकीले पक्राउ गरेको छ । २८ गते राती २ बजेको समयमा रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्थित बि.पि.राजमार्गमा सिन्धुली तर्फबाट काठमाण्डौतर्फ आउदै गरेको उक्त मोटरसाईकल सहित मोटरसाईकलमा सवार तीन जना ब्यक्तिलाई प्रहरीले आशंका लागि सोधपुक्ष गर्दा आवश्यक कागजात देखाउन नसकेपछि मोटरसाईकल चोरी गरी भागेको खुलासा भएको थियो चैत्र २७ गते राति रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ चलाई लिई आएको प्रारम्भिक बयान दिएका छन् । पक्राउ पर्नेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नम्वर ३ बस्ने १८ बर्षिय बुद्ध तामाङ, १५ बर्षिय लालबहादुर तामाङ र १५ बर्षिय सन्तबहादुर तामाङ रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान सहित कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी प्रवक्ता एवं सुचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।









