बनेपा/सञ्चार तथा सूचना प्रविधी पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका १३ वटा स्थानीय तहमा सजिर्कल मास्क ४ हजार थान, सेनिटाईजर २ सय ५० एमएलको १ सय ९८ थान, पिपिई सेट १ सय ९५ थान उपलब्ध गराउनु भएको छ ।
पूर्व मन्त्री बास्कोटाले सर्जिकल मास्क ८ सय ५० थान र एक सय एमएलको ९ सय ३० थान सेनिटाईजर उपलबध गराउनु भएको थियो । मन्त्री बास्कोटाले महाभारत गाउँपालिकालाई चार थान पिपिई, २ सय थान सर्जिकल मास्क, खानीखोला गाउँपालिकालाई चार थान पिपिई, रोशी गाउँपालिकालाई सर्जिकल मास्क, तेमाल गाउँपालिकामा ८ थान पिपिई, चौरीदेउराली, भुम्लु गाउँपालिका र बेथान्चोक गाउँपालिकामा ६÷६ थान पिपिई, मण्डनदेउपुर नगरपािलकामा १२ थान पिपिई, पाँचखाल नगरपालिकामा १८ थान, नमोबुद्ध नगरपालिकामा १० थान, पनौती नगरपालिकामा १२ थान, बनेपा नगरपालिकामा ३० थान र धुलिखेल नगरपालिकामा ७५ थान पिपिई उपलब्ध गराउनु भएको छ ।
धुलिखेल नगरपालिकामा प्राप्त पिपिई धुलिखेल अस्पतालमा उपलब्ध गराईएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पताललाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । बनेपा नगरपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि हस्तान्तरण गर्नु भएको पिपिइ, स्यानिटाइजर तथा सर्जिकल मास्क बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिरमेमोरियल, अपाङ्ग बाल अस्पताल, स्पाइनल इन्जुरी र रेयुकाइ आखाँ अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो ।









