2026 October 03/ 02:38: 09am

         धुलिखेल/जनजागृति तरकारी तथा फलफुल सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा गत मंगलबार सम्पन्न भएको छ । संस्था लि.का अध्यक्ष नवराज पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नानीराम धिताले गरेका थिए । 
          कार्यक्रममा अध्यक्षको प्रतिबेदन नवराज पराजुली, सचिवको प्रतिबेदन प्रेमकृष्ण सुवाल, कोषाध्यक्षको प्रतिबेदन बिमला रानाभाट र श्यामकुमार रानाले राख्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितीको प्रतिबेदन पृथ्वीमान तामाङ्गले राख्नुभएको थियो । साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान कार्यक्रम, उत्कृष्ट १२ जनालाई शेयर बोनश बितरण तथा उत्कृष्ट ५ जनालाई संरक्षित पुजीफिर्ता कोषबाट रकम बितरण गरिएको थियो । कार्यक्रममा संस्था लि.का सल्लाहकार, संचालक समिति, लेखा सुपरिवेक्षण समिती, उपसमिती पदाधिकारी तथा ब्यबस्थापन समूह तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सचिव प्रेमकृष्ण सुवालले गर्नुभएको थियो । हाल संस्थामा महिला र पुरुष गरी ३०६३ शेयर सदस्य रहेको जानकारी संस्था लि.का प्रबन्धक श्यामकुमार रानाले बताए ।