2026 October 06/ 11:52: 43am

पतंजली योग समिति काभ्रेले समितिका संरक्षक सुर कृष्ण बैद्यलाई नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना प्रदान गरेको छ । सम्मान कार्यक्रममा पतंजली योग समितिबाट उपाध्यक्ष निर्वाचित बैद्यलाई टिका, माला, खादा, सगुन र मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्यमा मनोनित हुनु भएकोमा पतंजली योग समितिका संरक्षक एवं बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेलाई समेत सम्मानित गरिएको थियो । पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रममा बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रम सञ्चालन महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।