2026 November 27/ 10:04: 26pm

    धुलिखेल/निलकमल ग्रुपको आयोजनामा जापानमा रोजगारीका लागि नेपाली विद्यार्थी छनोट गर्ने उद्देश्यले नेपाल–जापान विद्यार्थी परिचयात्मक कार्यक्रम धुलिखेलमा आयोजना गरिएको छ । कार्यक्रममा जापानका विभिन्न कम्पनीका ११ जना प्रतिनिधिको सहभागिता रहेको छ ।
    निलकमल ग्रुपका अध्यक्ष मेघराज भुर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसडिएस इन्टरनेशनल कम्पनीका म्यानेजिङ डाइरेक्टर दीपक सुनुवार प्रमुख अतिथि छन् । कार्यक्रममा समाजसेवी तथा व्यवसायी सिपी हुमागाई, होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेललगायत विभिन्न कम्पनीका पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा निलकमल ग्रुपअन्तर्गत जापानी भाषा अध्ययन गरिरहेका ८० जना विद्यार्थी छनोट प्रक्रियामा सहभागी भएका छन् । उनीहरूमध्येबाट उत्कृष्ट विद्यार्थीलाई जापानका विभिन्न कम्पनीका ११ जना प्रतिनिधिले छनोट गर्नेछन् । छनोट भएका विद्यार्थी छात्रवृत्तिमा जापान जाने र त्यहाँ रोजगारीसँगै सीप विकास तथा तालिमको अवसर प्राप्त गर्ने बताइएको छ ।
    विद्यार्थीले जापानमा दुई वर्षको तालिम अवधि पूरा गरेपछि वर्किङ भिसामा काम गर्ने अवसर पाउनेछन् । यसले जापानी भाषा अध्ययन गरिरहेका नेपाली युवालाई अन्तर्राष्ट्रिय कार्यक्षेत्रमा प्रवेश गर्न र व्यावसायिक सीप हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । निलकमल ग्रुपअन्तर्गतको निलकमल ह्युमन रिसोर्स प्रा.लि.नेपालको वैदेशिक रोजगार तथा मानव संसाधन क्षेत्रमा कार्यरत कम्पनी हो । कम्पनीको सार्वजनिक विवरणअनुसार यसको स्थापना सन् २००८ मा भएको हो । कम्पनीले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तथा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्ने क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले वैदेशिक रोजगारसम्बन्धी सेवा र मानव संसाधन व्यवस्थापनबारे जानकारी उपलब्ध छ । 
    जापानका कम्पनीहरूसँगको सहकार्यमा विद्यार्थी छनोट तथा रोजगारीको अवसर उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको हो । कम्पनीले हरेक वर्ष यस्तै कार्यक्रम गर्दै आएको आयोजक पक्षले जनाएको छ । जापानमा कार्यक्रमको समन्वय दीपक सुनारले गरिरहेका छन् भने नेपालमा अध्यक्ष भुर्तेलको नेतृत्वमा रहेको समूहले समन्वय गरिरहेको छ । दुवै देशका प्रतिनिधिबीचको सहकार्यले नेपाली विद्यार्थीलाई जापानी भाषा, सीप र रोजगारीसँग जोड्ने लक्ष्य राखेको आयोजकको भनाइ छ ।
    कार्यक्रमले जापानमा काम गर्न इच्छुक नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै नेपाल र जापानबीचको शैक्षिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।