
घर–घरमा विस्फोट गराउने योजना कसले गरिरहेको छ ? गरिबीमा पनि खेलेकै छ । धनीका परिवारमा पनि खेलेकै छ । बेरोजगारहरुको बीचमा पनि पुगेकै छ । सुन पसलवालाहरु पनि त्यहि कारोवार गर्ने, होटलवाला पनि त्यहि ब्यवसाय चलाउने, एम्बुलेन्स चालक ओसारपसारमा संलग्न हुने, विद्यालयका विद्यार्थी र शिक्षक संलग्न हुने, अन्य उद्योगी ब्यवसायी पनि सहभागी हुने बाँकी कोहि नरहने ? परिवारमा बिग्रह हुँदा त झनै सहज हुनेगरी बालबालिकाहरुलाई प्रयोग गराई घर घर पु¥याउने अभियानमा दलाल, तस्कर र कारोवारी सक्रिय छन् । त्यो ब्यवसाय हो लागु औषध ।
लागु औषध नपुगेको घर कम हुँदै गएको छ । सानैमा मेरो विवाह भयो । सर्लाही हो जन्म । १४ वर्षको उमेरमा विवाह भयो । श्रीमान् सँगै थिए । उनी कामको सिलसिलामा भारत गए । मबाट एक सन्तान छोरा जन्मेको थियो । उनी हुर्कँदै गए । तर मेरो श्रीमान् फर्केनन् । श्रीमान् नफर्के पछि तरकारी ब्यवसाय शुरु गरें । खेतिपाती गर्दा गर्दै तरकारी ब्यवसाय शुरु भयो । सकेसम्म त्यहि विक्री गर्ने र विक्री नभएको तरकारी राजधानी पु¥याउने गरिएको थियो । त्यहि क्रममा मेरो काठमाडौंमा आउजाउ हुन थाल्यो । काठमाडौं आउँदा बनेपाको तरकारी बजारमा सामानहरु दिने गर्दथें । त्यहाँ पनौतीबाट तरकारी ल्याउने एकजना अधबैंशे पुरुष भेट भए । उनले मलाई तरकारी ल्याउन र विक्री गर्न सहयोग गरे । भारत गएका श्रीमान् नफर्केको बर्षाै भई सकेको थियो । यता ति पुरुषसँगको सामीप्यता बढिरहेको थियो । उनको सामीप्यताले म नजिक भए । मेरो बाबुलाई बनेपा ल्याएर पढाउन थालें ।
म श्रीमान् नभएको उनी श्रीमती नभएको । उस्तै उस्तै ब्यक्ति भएकाले झन मन मिल्न पुग्यो । बाबुलाई पढाउन थालिएको केहि वर्ष पछि उनी र म पनि सँगै बस्ने निर्णय ग¥यौं । बुबा आमालाई सल्लाह गरें । बाबुलाई पनि सल्लाह गरें । हामी तीन जना हुने भए पछि हामीले विवाह ग¥र्यौं । विवाहको केहि वर्ष हामी बीचको सम्बन्ध पनि राम्रो भयो । ब्यवसाय पनि राम्रो थियो । विस्तारै बजारमा आर्थिक मन्दी शुरु भयो । आर्थिक मन्दीले हाम्रो ब्यवसायमा पनि असर पुग्न थाल्यो । म बाट अर्काे बच्चा हुने सम्भावना श्रीमान्का कारण भएन । समस्या ममा होईन उनिमा रहेछ । मसँग त पहिला नै छोरा भएकाले असहज पनि भएन । उनलाई आफ्नै सन्तान सम्झने र उसैलाई हुर्काउने बढाउने सहमति भयो । एक दिन उनले आफु विदेश गएर केहि कमाउने योजना सुनाए । मैले उनलाई नभई आफु जाने कुरा सुनाएँ । महिलाहरुलाई केयर गिभर काममा सहज हुने, धेरै कमाई हुने कुरा सुनियो । अलि अलि ब्यवसाय गरिरहेकाले कुरा गर्न जान्ने नै थिएँ । अन्ततः हामी बीच सहमति भयो म विदेश जाने । यता श्रीमान्ले बाबु हेर्ने र भएको ब्यवसाय संचालन गरिरहने ।
उनी पनौती भएकाले बनेपाको बसाई छाडेर घरमा पुगेका थियौं । बाबु पनौतीको एक सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको थियो । कक्षा १० सम्मको पढाई ठिकै थियो । कक्षा ११ अध्ययन गर्न बनेपा आएको थियो । बाबु विहान देखि नै ब्यस्त हुने भएकाले उ एक्लै हुन थाल्यो । हुनत पहिला पनि त्यस्तै थियो । तर म विदेश गए पछि उसले झनै एक्लो अनुभुति गरेको रहेछ । बाबु ब्यस्त, आमा विदेश । घरमा कोहि छैन । उसको संगत विद्यालयमा खराब साथीहरुसँग पर्न थालेछ । पैसा मात्रै भएर पनि नहुने रहेछ क्या । साथीहरु घरमा आउने, जाने केहि मतलब भएन । त्यहि फाईदा लागु औषध प्रयोगकर्ताहरुले उठाए । बाबुको संगत विस्तारै उनिहरुसँग पुग्यो । घरमा भएको पैसाले उसले लागु औषध सेवन गर्न थालेछ । हुँदा हुँदै उसले लागु औषध प्रयोगकर्ताहरुको चंगुलमा पुग्न थालेछ । त्यो चंगुलले उसलाई जेलसम्म पु¥याएछ ।
जब उ जेल पुग्यो । उसले आफ्नो बाबुको नाम भन्यो । थर भन्यो । उ बालक नै थियो । उसलाई प्रहरीले पक्राउ गरी अदालत बुझाएको थियो । बालक भएकाले उसलाई लाग्ने अर्काे तहको मुद्दा हुने रहेछ । बच्चा भएको पुष्टी गर्न चाहिने जन्मदर्ता रहेछ । प्रहरीलाई लगेर बुझाएको जन्मदर्तामा उसको पहिलाको बाबु र थर थियो । यता अर्कै थियो । त्यसले झनै शंका र तनाव दिएछ । पछि नागरिकता बनाउँदा झनै समस्या हुने होला । मलाई त समस्या नै समस्या लाग्यो विदेशमा भएर पनि नेपालको समस्या सुल्झाउन कम्ति चुनौती भएन । तर पनि प्रयोगकर्ताका रुपमा उसलाई पक्राउ गरिएकाले अहिले धरौटीमा छुट्यो । आफ्नै सन्तानका बारेमा किन यसो भनेको होला ? मान्छेहरुलाई लाग्न सक्छ । मैले आफ्नो सन्तानको, परिवारको घटना विवरणको वास्तविकता किन बताईरहेको छु भने मेरो परिवारको समस्या तपाईको घरमा पनि भईरहेको छ कि ? आजकालका केटाकेटीहरुको संगत को सँग छ ? के हुँदैछ ? अभिभावकहरुको हेलचेक्रयाईले बालबालिकाहरु कहाँ पुग्दा रहेछन् ? मैले उदाहरण मात्रै दिएको हुँ । त्योभन्दा डरलाग्दा घटनाहरु पनि मैले मोरातीको स्तम्भमा पढिरहेको छ । सात समुन्द्र पारी भएर पनि मनका कुरा पोख्न पाएँ । अन्य अभिभावकहरु सचेत रहनुस् मेरो अनुरोध छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा आसपासको बजार क्षेत्र लागु औषध प्रयोगकर्ता र कारोवारीको ‘ट्रान्जिट’ तथा मुख्य क्षेत्र बन्ने क्रम भंग गर्न प्रहरीको सर्च अभियान तिब्र बनेको रहेछ । लागु औषध (खैरो हिरोईन पछि) ब्राउन सुगरको कारोवार गर्ने समुहका केहि सदस्यलाई प्रहरीले पक्राउ गरेको रहेछ । संलग्न मध्ये तीन पक्राउ परेका छन् भने तीन फरार छन् । त्यसभन्दा अघि सुन जोख्ने तराजुमा लागु औषध विक्री गर्दा गर्दै अर्काे समुह पक्राउ परेको थियो । पक्राउ पर्नेमा काठमाडौ जिल्ला शंकारपुर नगरपालिका वडा नम्वर १० घर भएका ३२ बर्षीय किशोर थापा, सोहि नगरपालिका वडा नम्वर ९ का २४ बर्षीय अविशेख राजवाहक, सोहि ठेगानाका ३० बर्षीय विराट थापा रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने सोहि अभियोगमा संलग्न भई फरार भएका झापा जिल्ला लखनपुर ४ घर भई हाल विर्तामोड नगरपालिका ३ स्थित न्यु देव चस्मा घरका संचालक ४१ बर्षिय देवीप्रसाद सिवाकोटी, सोहि ठेगाना भएका ३२ बर्षिय पवनकुमार चौधरी र झापा अनारमनी गाविस २ घर भई हाल अनारमनी नगरपालिका ४ घर भएका ६१ बर्षीय फुरिंदा मुस्लिमलाई पक्राउ गर्न आदेश जारी भएको छ । २०८१ मंसिर १६ गते विहान १० बजे धुलिखेल नगरपालिका ९ स्थित विपी राजमार्गको काभ्रे भन्ज्याङमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले भकुण्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेका बा १५ च २३५६ नम्वरको स्कर्पियो गाडी चालक अविशेख राजवाहक, सोहि गाडीमा रहेका किशोर थापा र विराट थापा सहितले गाडीको ड्यासबोर्डमा रहेको साउण्ड सिस्टम भित्र ४७ ग्रामको ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो । २०८१ मंसिर १४ गते अविशेख राजवाहक, विराट थापा र किशोर थापा स्कर्पियो गाडी लिएर झापा पुगेका थिए । झापा पुगेर उनीहरु होटलमा नभई गाडी भित्र नै सुतेका थिए । मंसिर १५ गते विहान झापा विर्तामोडमा रहेको श्री होटल एण्ड लजमा विराट थापाले एक लाख रुपैयाँमा ५० ग्राम ब्राउन सुगर किन्ने कुरा छिनोफानो भयो । फोनमा डिल भए पछि एनआईसी बैंकमा न्यू देव चस्मा घर र पवन चौधरीको नाममा रहेको एनआईएम वि बंैकमा गरी २ लाख रुपैयाँ जम्मा गरिदिएका थिए । बाँकी एक लाख रुपैयाँ काठमाडौं फर्किएर जम्मा गरिदिने शर्तनामामा उक्त सामाग्री बुझाएका थिए । पैसा बैंकमा जम्मा गरिदिए पछि दुई जना भारतीय जस्तो अनुहार भएका ब्यक्तिले होटलमा नै ब्राउन सुगर दिएर फर्किए । तीनैजनाले अलिकति ब्राउन सुगर सेवन पछि भोलिपल्ट १६ गते विपी राजमार्ग हुँदै काठमाडौ आउने क्रममा प्रहरीले विशेष निगरानी र सूचनाका आधारमा पक्राउ गरेको थियो ।
विरामी बोक्ने एम्बुलेन्समा लुकाएर लागु औषध डाईजेपाम ल्याउने धनुषा जिल्ला धनुषाधाम नगरपालिका वडा नम्वर ६ हरिपुर घर भई महोत्तरी बर्दिवास नगरपालिका वडा नम्वर १० बस्ने ४४ बर्षीय सुरेश मिझारलाई प्रहरीले रोशी गाउँपालिका स्थित विपी राजमार्गबाट २०८१ मंसिर २० गते पक्राउ गरेको थियो । उनले भाडामा लिएको एम्बुलेन्समा चालक बस्ने सिटको पछाडी राखेर लागु औषध नुफिन १ हजार एम्पुल, डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल गरी ३ हजार एम्पुल ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । उनकै बयानका आधारमा अन्य ४ जनाको नाम बताए पनि उनिहरु सबै फरार छन् । धनुषा जिल्ला साविक ढल्केबार गाविस ५ घर भई हाल मिथिला गाउँपालिका ६ का ५१ बर्षिय कुमार शाह, सोहि ठेगानाका ४९ बर्षिय पप्पुकुमार शाह हलुवाई, २५ बर्षिया रिन्कुकुमारी शाह र नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३० बर्षीय सुरेश भुजेल रहेका छन् । उनिहरु सबै फरार छन् । पछिल्लो समय लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्ने ब्यक्ति पक्राउ परे पनि मुख्य गिरोह पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ । एम्बुलेन्स चालक सुरेश मिझारले ११ हजार रुपैयाँको प्रलोभनमा विरामी लैजाँदा उक्त सामान राखेर लगिदिएको बयान दिएका छन् ।
विरामी पु¥याउने क्रममा उक्त सामान लिन काठमाडौ स्थित कान्ति बाल अस्पतालमा कोहि ब्यक्ति आउने भएकाले सामान लगिदिन मात्रै भनेको बयान प्रहरीलाई दिएका छन् । पछिल्लो समय ब्यवसायमा आएको मन्दिका कारण विभिन्न पेशा ब्यवसायमा संलग्न ब्यक्तिहरु नै लागु औषधको ओसारपसारमा संलग्न हुँदै आएका छन् । यस्ता खबर र घटनाहरुले मेरो मन झनै भक्कानिन्छ । आज कति परिवारहरु यहि कारण विस्फोट भईरहेका छन् । तनावमा छन् । परिवारमा शान्त छैन । शान्त परिवारका लागि असल सन्तान तयार गर्न हामी अभिभावकहरुका यस्तै गतिविधिहरुमा कमी भएका छन् कि ? सोचौ समयमा नै । नत्र केहि वर्ष भित्र हरेक घर भित्र हरेक सदस्यहरु यसको शिकार नहोलान भन्न सकिएला र ?
सारङ्गा सुवेदी
हालः विदेश