
सायद मलाई थाहा थिएन । मेरो भाग्यमा त्यहि लेखिएको थियो । अपराध पछि लुकाउन पनि कठिन नै थियो । भागेर, लुकेर कति दिन बस्नु ? कुनै न कुनै दिन सार्वजनिक हुन्छ भन्ने नै थियो । तर लामो समय भएकाले थाहा हुँदैन भन्ने पनि थियो । धेरै स्थानमा लुकें । भागें । परिवारसँग गोप्य रुपमा सम्पर्कमा थिए । पक्राउ पर्ने दिन पनि म काठमाडौमा थिएँ । मैले कल्पना नै गरेको थिईनँ । जे भए पनि सन्तानको माया असिम हुने रहेछ । सन्तानको मायाले मलाई प्रहरीको पन्जामा पार्न सफल भयो । अहिले प्रहरी कस्टडीमा अपराधको प्रायश्चित बाहेक केहि छैन । मरेको ब्यक्ति फर्काउन सकिदैन । अरु अपराध नहोस् भन्ने नै हो । तर अपराधीले अपराध लुकाउन र अपराध गर्नु अघि अपराधिक मानसिकता बनाउनुमा स्वंयम एक्लै चाँहि हुँदैन । वातावरण पनि अपराधको प्रमुख कारण रहेछ ।
पक्राउ परे पछि थाहा पाएँ । काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा शान्ति सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापन अन्र्तगत अपराधिक ४ सय ६ वटा घटना भएका रहेछन । माघ महिनामा मात्रै ५४ वटा घटना भएका रहेछन । ७ महिनाको अवधीमा ३ सय २० जना पक्राउ परेको पनि सुनें । २०८१ माघ महिनामा १९ जना पक्राउ परेका रहेछन् । माघ महिनासम्मको प्रतिवेदनका आधारमा सडक दुर्घटनामा ११ जनाले ज्यान गुमाएका रहेछन् । २०८१ साउन देखि माघ मसान्तसम्म ४ जनाको हत्या भएको रहेछ । फागुन महिनामा थप २ जनाको हत्या भएको सुनें । दुर्घटनामा थप ३ जनाले ज्यान गुमाउन पुगेका रहेछन् । हत्यासँगै डरलाग्दो तथ्यांक पनि रहेछ । छोटो अवधीमा धेरै जनाले आफैलाई हत्या गर्दा रहेछन् । यो अवधीको तथ्यांकमा ७५ जनाले आत्महत्या गरेका रहेछन् । माघ महिनामा ९ जनाले आत्महत्या गरे । फागुन मसान्तसम्म पनि त्यो संख्या बढिरहेको भन्ने थाहा पाएँ । जिल्लामा भएको प्राकृतिक प्रकोपमा ८१ जनाले ज्यान गुमाएका छन् । सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै मैले अपराधको तथ्यांक वा अपराधका घटनाहरुमा धेरै ध्यान दिन थालेको थिएँ । जुन समाचार सुने पनि मेरै बारेमा आएको कि क्या हो भन्ने सम्झन्थें ।
रोशीमा आफ्नै आमाको हत्या गरेको समाचार पढेको थिएँ । भकुण्डेमा बाबुको हत्या गरेको समाचार पढेको थिएँ । मण्डनदेउपुरमा ज्वाईले सासु मारेको पनि सुनेको थिएँ । भक्तपुरमा प्रेमिकाले प्रेमी मारेको खबर पनि सुनेको थिएँ । मेरो फरक थियो प्रसंग । मैले अर्काको श्रीमतीलाई प्रेम गरेर पछि मारेको थिएँ । मारेर पनि म भागेको थिएँ । अन्ततः प्रहरीले मलाई पक्राउ ग¥यो । सम्झन्छु छट्टपट्टिएको उनको आत्माले अब शान्ति पाउँछ । त्यो दिन सम्झन्छु । केहि दिन देखि मैले उनलाई पैसाका लागि दबाब दिईरहेको थिएँ । असोज १०–१२ मा परेको अविरल बर्षात् र त्यसपछिको क्षतिले जिल्लामा सबै शोकमा थिए । गाउँमा सबै क्षति भएको थियो । खोज, उद्धार र राहतको कार्यक्रमहरु चलिरहेको थियो । मेरो स्वार्थ र चाहना अर्कै थियो । उनलाई धुलिखेल बोलाएँ । उनी आउन मानेकी थिईनन् । पाँचखालसम्म उनी उनकै गाडी चढेर आईन् । त्यसपछि बनेपासम्म बसमा आईन् । बनेपा आएर फेरी हामी फर्कियौं । पाँचखाल नजिकको जंगलमा पुग्यौं । त्यहाँ उनको र मेरो भनाभन भयो । त्यसपछि घटनाले उग्र रुप लियो ।
मेरो र निशाको चिनजान डेढ वर्ष अघि भएको थियो । निशाका श्रीमान गाडी चलाउथें । तरकारी बोक्ने क्रममा एक पटक गाडी दुर्घटनामा प¥यो । श्रीमानले भएको सबै सम्पति अन्र्तगत गाडी र जमिन सबै निशाका नाममा पास गरिदिएका रहेछन । निशा र राईफलबाट तीन सन्तानको जन्म भएको रहेछ । उनिहरुको लालनपालन तथा नियमित परिवारको खर्च संचालनका लागि पनि पेशा अनिवार्य थियो । निशा घरमा रहेर तरकारी खेति गर्ने र श्रीमान गाडी चलाउने पेशा गर्दै आएका थिए । उनि २४ सै घण्टा ब्यस्त हुन्थे । तरकारी राति लैजानु पर्ने, भनेको समयमा सुत्न र खान समेत नपाउने, श्रीमती, सन्तान र आफन्तका लागि दुःख नगरी सुख हुँदैन भन्ने सोच बोकेर काम गरिरहन्थे । त्यसको फाईदा मैले उठाएँ । त्यसको पनि टर्निङ्ग प्वाईन्ट थियो । उनी मेरो योजनामा फस्न पुगिन् । उनको हत्या नै गर्नु त थिएन । तर परिस्थितिले त्यहाँसम्म पु¥यायो । मण्डनदेउपुर ११ तथा आसपासका क्षेत्रबाट तरकारी संकलन गरी लैजाने क्रममा एक पटक गाडी दुर्घटनामा प¥यो । गाडी बनाउन ग्यारेज लैजाने क्रममा धुलिखेलमा मसँग निशाको भेट भयो । निशाका नाममा गाडी भएकाले उनि आफै ग्यारेजमा आएकी थिईन् । त्यतिबेला मैले निशाको नम्वर लिएँ । निशाले पनि मेरो नम्वर राखिन् । क्रमशः हामीहरु बीच कुराकानी हुन थाल्यो । निशा धुलिखेल आउँदा मसँग भेट हुन थाल्यो । धुलिखेल आउँदा उनी तरकारी लगायतका सामानहरु बोकेर आउँथिन् । निशासँग भएको सुन, नगद र अन्य सम्पति र निशाको शरीरमा समेत मेरो आँखा लाग्दै गयो । निशाले असल नियतले गरेको चिनजान गलत बाटो तर्फ मोडिदै गयो । निशालाई अर्काे मोवाईलको सिम किनेर त्यस मार्फत कुराकानी हुन थाल्यो । क्रमशः सम्बन्धहरु अघि बढिरहे । निशाले विश्वास गरिरहिन् । मैले त्यसको फाईदा लिदै गए । श्रीमान्ले थाहा नपाउन भनेर अर्काे सिम किनेर कुराकानी गर्ने गरेका थियौं ।
मेरो घरमा पनि श्रीमती सहितका बच्चाहरु थिए । म बाहिर बाहिर हुने भएकाले उनिहरुलाई त्यस्तो कुराको चासो हुन पाउँदैन थियो । केहि वर्ष मैले धुलिखेल अस्पतालमा पनि काम गरेको थिएँ । मेरै कारण त्यहाँको जागिर पनि सकिएको थियो । मेरो सोच नै अपराधतर्फ उन्मुख भएकाले त्यस्ता कुनै कुराको प्रवाह थिएन । असोज १० गते निशा पाँचखाल आईन् । त्यहाँ बरदान लेडिज टेलर्समा चोली सिलाउन दिईन् । त्यो विल झोलामा राखिन् । असोज १०–१२ परेको अविरल वर्षात, त्यस पछिको क्षतिमा नागरिकहरुको ध्यान केन्द्रित थियो । निशा र राईफलको सम्बन्धमा कहिल्यै दरार आएको थिएन । निशालाई मैले असोज १६ गते धुलिखेल बोलाएँ । घरबाट औषधी किन्न जान्छु भन्दै उनि निस्किईन् । बरदानमा सिलाउन दिएको चोली समेत लिन पाईनन् । तर त्यहि बरदान लेडिज टेलर्सको बिलका आधारमा कंकाल भएको उनको शरीरको शवको पहिचान हुन पुग्यो । पाँचखाल नगरपालिका वडा नम्वर ३ काफ्लेडी जंगलमा निशाको शव फेला परेको खबर बाहिर आयो । कुकुरले उनको हातको हड्डीको टुक्रा लिएर गाउँ पस्यो । स्थानीयले कसको होला ? भन्दै शंका गरे । विस्तारै कुकुरका आधारमा शव भएको स्थानमा पुग्दा कंकाल फेला प¥यो ।
प्रहरीलाई बोलाएर कंकाल र कंकालको छेउमा रहेको चप्पल, ब्यागका आधारमा निशा भएको पुष्टी भयो । कंकाल छरपस्ट थियो । घाँटी र शरीर फरक फरक स्थानमा थियो । हातको पञ्जामा रहेको मासु खान कुकुरले हड्डी लिएर गएको थियो । तत्कालै प्रहरीले मलाई खोजी गरेको रहेछ । प्रहरीले शुरुमा मलाई मेरो सन्तान अस्पतालमा रहेको बतायो । मैले पत्याईनँ । कतिसम्म भने प्रहरीले बच्चालाई आईसियुमा राखेको बतायो । म धुलिखेल अस्पताल भेट्न आउँदा प्रहरीले च्याप्प समात्यो । निशासँग नियमित सम्बन्ध रहेको, उनिसँग भएको सम्पत्ति मागेको, सम्पति नदिएको र सम्बन्धका बारेमा प्रहरीलाई भनिदिन्छु भने पछि फस्ने डरले मारेर शव लुकाएको थिएँ । हामीले विश्वासमा सम्बन्ध राखेका थियौं । अविश्वास पछि हत्या गर्ने क्रुर अपराधीक घटनामा बृद्धि भएको रहेछ । उनलाई मैले केहि रकम सापटी दिएको थिएँ । उक्त रकम लिएको कुरा श्रीमानलाई भनेको थिईनन् । तर श्रीमानलाई धोका दिदै मेरो विश्वासमा उनले कयौ रात बिताएकी थिईन् । त्यो विश्वासमा मैले दिएको केहि रकम नदिएकोमा मलाई रिस उठेको थियो । त्यो मेरो गल्ति थियो ।
त्यसदिन उनले पैसा फिर्ता दिन सक्दिन भनिन् । मैले पैसा फिर्ता नदिए बाँकी राख्दिनँ भनें । उनले मलाई जर्बजस्तिकरण मुद्दामा फसाईदिने बताईन् । मलाई रिस उठ्यो । अनि त्यहि भएको केहि बस्तु लिएर प्रहार गरें । अनि म भागें । त्यसपछि मैले फलो त गरें तर उनी मरिसकेकी रहिछन् । उनको परिवारले म विरुद्ध दिएको निवेदन उपर पनि म प्रहरीकोमा गईनँ । गएर भनौ जस्तो पनि लागेको थियो । भन्ने आँट आएन । प्रहरीले तत्कालै विज्ञप्ती मार्फत जानकारी गराएछ । २०८१ असोज १५ गते देखि बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ घर भएकी ३५ बर्षिया निशा लामा २०८१ फागुन १४ गते मृत अवस्थामा फेला परेकी छन् । प्रहरी निरिक्षक दिनेशबहादुर कुँवरले धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका ३६ बर्षिय सुनिल रञ्जितकार निशाको हत्यामा संलग्न छन् । निशाको कंकाल भेटिएको २४ घण्टा नवित्दै मलाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो । प्रहरीलाई असोज १७ गते मृतकका श्रीमान राईफल लामाले हराएकी श्रीमती खोजतलास गर्न र शंका लागेका उनै ब्यक्ति सुनिललाई पक्राउ गरी सोधपुछ गर्न अनुरोध गरेका रहेछन् । मोबाईल रेकर्डमा समेत निशा र मेरो बीच निशा हराएको दिन असोज १५ गते १६ पटक सम्पर्क भएको देखिएको रहेछ । मोवाईलमा गरिएका कुराकानीका आधारमा पनि निशालाई मैले नै बेपत्ता बनाएका धेरै आधार थिए । तर पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तर्फ प्राथमिकता नदिएको मैले सम्झिरहेको थिएँ । मेरो परिवारका सदस्यहरु भने प्रहरी कार्यालयमा गएका थिए ।
निशा हराए पछि पनि म विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा एक युवतीले जर्बजस्तिकरणी गर्ने प्रयास गरेको भन्दै उजुरी दिएकी रहिछन् । त्यो साँचो नै थियो । काठमाडौको जडिबुटी चोकमा समेत पूर्व प्रेमिकालाई कुटपिट गरेको अभियोगमा म विरुद्ध जाहेरी दर्ता भएको रहेछ । प्रहरीले मेरो श्रीमतीलाई ल्याएर सामान्य सोधपुछ भने गरेको थियो । श्रीमान् दमको विरामी भएकाले आउन नसक्ने बताएकी थिईन् । श्रीमतीले निशा पटक पटक आफ्नो घर धुलिखेलमा पाँचखालबाट तरकारी पु¥याउन आउँदा देखेको र बोल्ने गरेको बयान दिएकी थिईन् । प्रहरीले चासो नदिएकै कारण म लामो समयसम्म निशाको हत्या गरेर फरार हुन सकें । हत्या लुकाउन सकें । निशाले मलाई गरेको अन्धो प्रेम, परिवारका सदस्य प्रतिको विश्वासघात उनको मृत्यु हुन पुग्यो । म बाट धेरै पीडित भएका छन् । बल्ल मेरो मनले पनि शान्ति पाएको छ । अब सुध्रनु र यसको सजायँ भोग्नुको विकल्प छैन ।
सुनिल रञ्जितकार
धुलिखेल, काभ्रे