हाम्री ममतालाई ज्वाईले मा¥यो । ममताका बारेमा सामाजिक सञ्जालमा सद्भाव देखाउनेहरु धेरै छन् । एउटी ममता मारिँदा धेरैले ममता प्रदर्शन गरेका छन् । तर केहिले ममता विवाह गरेर अमेरिका पुग्नुमा अभिभावकहरुलाई दोषि देखाएका छन् । भाग्यको खेल पनि हो । जन्म, मृत्यु र कर्म । कहाँ गएर लेखिन्छ । कहाँ पुगेर ठोकिन्छ । हाम्री ममतालाई हामीले त्यसरी मार्छ भन्ने कतै सोचेको भए पनि विवाह गरेर पठाउँथ्यौं होला ? अनि अमेरिका जाने लोभमा पनि उनलाई विवाह गरेर पठाएका थिएनौं । उनको भाग्यमा लेखिएको लेखान्त थियो त्यो । तर जसलाई विश्वास ग¥यो उसैले लास र श्वास दुबै गायब बनाउने साहस गर्छ भने कुन चाँहि मानवको विश्वास गर्ने ?
यतिखेर हामी भावविब्हल छौ । शोकमा छौं । ममताको आमा र दाई अमेरिका उनको श्वास भए श्वास र लास भए लास खोज्न पुगेका छन् । उनिबाट जन्मिएको एउटा सन्तान जसले ममतालाई सम्झाई रहन र उनको ममतालाई कायम राख्न सक्छ उसलाई पनि भेट गरेका छन् । राज्यका अनेक अनेक नियम र कानुन हुन्छन् । नेपाल भित्र पनि फरक फरक राज्यका फरक फरक कानून छन् । अमेरिकाजस्तो विकसित राष्ट्रको आफ्नै कानून छ । त्यहि कानुन अनुसार ममताको आमा र दाईले उक्त बच्चाका बारेमा निर्णय गरेर फर्कनेछन् । हामीलाई अझै आशा छ कतै ममता बाँचेकी छिन् कि ? दैनिकजसो अमेरिकामा रहेका नेपालीहरुले ममताको अवस्थाका बारेमा, ममताका बारेमा भईरहेका अध्ययन अनुसन्धानका बारेमा जानकारी दिन प्रहरीलाई अनुरोध गरिरहेका छन् । उनिहरुको एक खालको दबाबका बारेमा हो ममताका बारेमा यति चाँडै हत्या गरिएको आशंका गर्न सम्भव भयो । जसले ममताको जिम्मेवारी लिएको थियो । उसका फरक फरक कुरा र भनाईले पनि धेरै आशंका गर्ने स्थान दिएको छ । प्रहरीले ति सबै कानुनका आधारमा उसलाई नियन्त्रणमा लिएको छ । अदालतले उसलाई पुर्पक्षमा राखेको छ । धरौटीमा छाड्न मानेन । अझ उ बाहिर निस्कँदा अमेरिकामा बस्ने नागरिकहरु असुरक्षित भएको महसुस ग¥यो । क्रुर मानसिकता र ब्यवहारका विरुद्ध निरन्तर नेपालीहरुले ममताका पक्षमा गरेको प्रर्दशन प्रति हामी आभारी छौं ।
आज हामीले छोरी ममता गुमाएका छौं । भोली पनि यस्ता ममताहरु गुमाउन नपरोस् । विदेशमा मात्रै नभई स्वदेशमा पनि त्यस्तो नहोस् । विश्वब्यापीकरण भईरहेका सन्दर्भमा नेपालमा अवसरको कमी देख्नु, भएको अवसरलाई सदुपयोग गर्ने अवस्था नहुनु, बाध्य भएर विदेशिनु, विदेशमा नै बस्ने प्रयत्न गरिरहनु अहिलेको बाध्यता बन्न थालेको छ । ममता विवाह गरेर गएको स्थानमा काभ्रेको पनौती क्षेत्रबाट मात्रै ६÷७ जना चेलीहरु गएका छन् । उनिहरुले मात्रै होईन जहाँ संस्कार मिल्दैन, संस्कृति र भाषा फरक पर्छ त्यहाँ छोरीहरुलाई परिवारको भावना र आफ्नो चाहना दुबै मिलाउन कठिन हुने रहेछ । सायद ममताले भोग्नु परेका अनेक समस्याहरु मध्ये त्यो पनि थियो कि जस्तो लाग्छ । उनले कहिलेकाँहि त्यहि विषयमा असमझदारी भएको बताउने गरेकी थिईन् । सामाजिक सञ्जालमा समेत उनले ब्यक्त गरेका कुराहरुले त्यहि दर्शाउँछ । ममताले धेरै कुरा परिवारलाई भनेकी थिईनन् । उनको हत्या पछि उनले भनेका धेरै कुराहरु अहिले हाम्रो कानमा गुन्जिरहेका छन् । हत्यामा उनि मात्रै संलग्न भएको देखिए पनि योजना चाँहि परिवारका सदस्यहरु संलग्न भएको हाम्रो आशंका छ ।
पनौती ६ मा आमा गिताकुमारी सहित हामी परिवारका सदस्यहरु ममताको हत्याको खबरले धेरै दिनसम्म अचेत भयौं । खबर सुने लगत्तै म, आमा, दाई र बहिनी लगायतका आफन्त भाव बिव्हलसँगै धेरै दिनसम्म अचेत हुन पुग्यौं । अहिले पनि हामी अचेत जस्तै छौं । छोरीको श्वास कि लास ? पत्ता लगाउन ममताको आमा गिताकुमारी र दाई महेशलाई आपतकालिन भिसा मार्फत अमेरिका पठाईएको छ । उनिहरु यतिखेर अमेरिकामा पुगेका छन् । उनिहरुले ममताको सन्तानको बारेमा पनि निर्णय गरेर फर्कनेछन् । ममताको हत्या श्रीमान नरेशबाटै भएको निश्कर्ष पछि छिमेकीले प्रहरीलार्ई खबर गरेका थिए । नरेशलाई अहिले त्यहाँको अदालतले हाजिरी जमानी अर्थात धरौटीमा छाड्न अस्विकार गरेको छ । पुर्पक्षमा राखे पछि केहि राहत मिलेको महसुस भएको छ । ममतासँग हरेक दिन जस्तै कुराकानी गर्ने आमा गिताकुमारी सहित हामी परिवारका सदस्यहरु बसेर नेपालबाट जुलाई ३१ तारेखमा फोन गर्दा उठेन । लगातार १, २ र ३ तारेखमा फोन गरिन् लागेन । ३ तारेखमा छोरी ममताको फोन नउठे पछि ज्वाईलाई गरिन् उठाएनन् । त्यसलगत्तै नेपालमा रहेका नरेशका भाईहरु महेश र भुपेन्द्रलाई फोन गरेर सोधिन् । मतलब नभएको जस्तो गरी ओठे जवाफ फर्काए । तत्कालै ज्वाई नरेशलाई भ्वाईस म्यासेज पठाईन् । धेरै दिन म्यासेज हेरेनन् । ५ तारेखका दिन छिमेकी सुनिता भण्डारीलाई फोन गरेर मेरो श्रीमती ममताको आमा गिताकुमारीले छोरीको खबर बुझि दिन अनुरोध गरिन् । सुनिताले नरेशलाई भेटेर खबर गरे पछि मात्रै भ्वाईस म्यासेज पठाउँदै छोरीले आधारभुत सामान समेत लिएर निस्किएकाले थाहा नभएको बताए । साथै छोरी हेरेर घर भित्रै बस्नु पर्ने भएकाले खोजविन गर्न नसकेको जवाफ दिए । छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उनका श्रीमान् सहितले छोरी ममता धेरै दिन देखि घर भित्र बाहिर नगरेकाले प्रहरीलाई खबर गरेको जानकारी गराए । अहिले न्यौपानेले ममताको बच्चा स्याहारका लागि भन्दै डोनेसन संकलन गरिरहेकी छिन् । १ लाख डलर तार्गेट राखिएको उक्त कोषमा तार्गेट भन्दा धेरै संकलन भईसकेको छ ।
ज्वाई नरेशले भने निरन्तर ढाँटी रहे । आमा गिताकुमारीले ज्वाईलाई छोरी मा¥यौ कि ? क्या हो भन्दा सियो हो र ? भन्दै जवाफ फर्काएका थिए । पनौती ६ का वडा अध्यक्ष भिमप्रसाद आचार्यले समेत नरेशलाई फोन गरेर ममताका बारेमा बुझेका थिए । उनलाई पनि त्यस्तै जवाफ फर्काएका थिए । नेपाली समुदायको निरन्तरको दवाव पछि त्यहाँको प्रहरीले नरेशलाई पक्राउ गरेको छ । छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहेकी छिन् । नरेशकी आमा बुहारी सुत्केरी स्याहार्न गएको बखत पनि नरेशले ममतालाई हिंसा गरेर घरबाट निकालेका थिए । मन्दिर छोएर कसम खाँदै आईन्दा त्यस्तो नगर्ने शर्त गरे पछि मात्रै ममता घरमा फर्किएकी थिईन् । नरेशले आमालाई नेपाल फर्काएर, आफुले चढेको गाडी समेत विक्री गरिसकेका थिए । योजनाबद्ध रुपमा घर विक्रीका लागि केहि नेपाली समुदायका ब्यक्तिहरुलाई भनिसकेका थिए । ममताको हत्यासँगै उनी भारत जाने तयारी गरेको खुलासा भएको छ । ममताको जन्म घर पनौती ६ नमोबुद्ध रोड काभ्रेपलाञ्चोक हो । उनको पुख्र्याैली घर काभ्रेपलाञ्चोक जिल्लाको साविक गोकुले गाविस हालको महाभारत गाउँपालिका वडा नम्वर २ हो । हामी ३० वर्ष अघि गोकुलेबाट पनौती आएर मजदुरी शुरु गरेका थियौं । हाम्रा तीन सन्तान छन् । दुई छोरा, एक छोरी । उनी दोश्रो सन्तान हुन् । स्थानीय नवरत्न माविबाट एसएलसी उर्तिण गरी बनेपाको बेलरबाट कक्षा १२ उर्तिण सकेकी ममताले पैसा तिरेर नै बैगलोरमा रहेको नर्सिङ्ग कलेजको उत्कृष्ट विद्यार्थीका रुपमा नर्सिङ्ग विषयमा उर्तिण भएकी थिईन । तर उनले उत्कृष्ट भए बापत छात्रबृत्ति प्राप्त गरिन् । छोराछोरीहरुलाई आफुलाई दुःख भए पनि होस् तर राम्रो शिक्षा दिनु पर्छ भन्ने सोचका साथ उनिहरुले चाहेको विषयमा भर्ना गरिदिएका थियौं । पैसाका बारेमा हामीले कहिल्यै चिन्ता गरेनौं । उनिहरुलाई अभाव पनि हुन दिएनौ । बरु हामीले श्रम गर्न हिच्किचाएनौं । लाज मानेनौं । अहिले पनि श्रम नै गरिराखेका छौ । गर्छाै पनि । हाम्रा सन्तानले पनि श्रम गरिरहेका छन् । इमान्दारिता र कर्म हाम्रो पहिलो शर्त हो ।
२०७७ मंसिरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडीमा बसोबास गर्दै आएका नरेश भट्टसँग छोरी ममताको विवाह भएको थियो । उनी परिवारका जेठा सन्तान रहेछन् । २०७८ साउन १० गते अमेरिका गएकी ममता कहिल्यै फर्किनन् । परिवारलाई खुशी बनाउने सपना बोकेर नर्सिङ्ग विषय मार्फत विरामीहरुको सेवामा दत्तचित्त भएर लाग्ने प्रण गरेकी ममताले अमेरिकाको अस्पतालमा काम गरिरहेकी थिईन् । विरामीहरुको सेवा गर्दा गर्दै आफै संकटमा रहँदा पनि उनले परिवारलाई दुःख साटेकी थिईनन् । छोरी ममतालाई ज्वाई नरेश भट्टले हत्या नै गरेको कुरामा हामी विश्वस्त छौं । आमा गिता र हामीसँग पनि २०८१ साउन १६ अथार्त जुलाई ३० तारेखका दिन छोरी ममतासँग कुरा भएको थियो । त्यहि दिनको कुराकानी नै छोरीसँगको संवाद अन्तिम बन्यो । अमेरिकामा ३१ जुलाईका दिन ममता घर भित्र पसेको फुटेज प्रहरीले फेला पारेको थियो । घर भित्र पसेकी ममता घर बाहिर निस्किएको कुनै रेर्कड फेला नपरेपछि प्रहरीले श्रीमान नरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको हो । ममताको शव फेला परेको अमेरिकाको प्रहरीले आधिकारिक पुष्टि नगरे पनि नेपाली समुदायले भने ममताको हत्या गरेर घर भित्रै शव पुरेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । धेरैले छोरी अमेरिका पठाउन ज्वाईका बारेमा नबुझिएको आलोचना पनि गरेका छन् । हाम्री छोरी आफै सक्षम थिईन् । नर्स पढाएका थियौं । उसले हत्या गरोस्, अमेरिका पठाउन पाईन्छ भनेर पढाएका पनि थिएनौं । दुनियाँका सन्तान विभिन्न मुलुकमा पुगेका छन् । हामीले त्यहाँ विवाह नगर्न प्रयत्न पनि गरेका हौं । भाग्यले पनि त्यतै डो¥यायो । सायद उनको कर्ममा पनि त्यहि थियो कि ?
अहिले पनि हामी शोकमा छौ । हामीलाई लक्षित गरि गरिएका आलोचनाहरुले हामीलाई झनै पीडा दिएको छ । ममताका बारेमा एकिन विषय अझै आएको छैन । हामी यति भन्न चाहन्र्छौं ममताको आत्माले शान्ति पाओस् । उनको आत्माले न्याय पाओस् । हत्यारालाई कारवाही हा्स । ममता जस्तै अरुका ममताहरुले अकालमै ज्यान गुमाउनु नपरोस् ।
कमल काफ्ले
ममताका बाबु, पनौती काभ्रे