2026 November 28/ 12:46: 54pm

    बनेपा/राष्ट्रिय उद्योग दिवस २०८३ को अवसरमा बनेपामा ¥याली तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, स्थानीय उद्योगको विकास र औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको हो ।
    ¥यालीमा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेका कार्यालय प्रमुख कुमार तामाङ, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेका पदाधिकारीहरू तथा जिल्लाका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रममार्फत स्वदेशी उत्पादनको प्रयोग, स्थानीय स्रोत तथा साधनको सदुपयोग, नयाँ उद्योग तथा उद्यमशीलताको प्रवद्र्धन र रोजगारी सिर्जनामा जोड दिइएको थियो ।
    उद्योगको विकासबाट देशमा उत्पादन वृद्धि, सीप तथा प्रविधिको विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि सम्भव हुने सन्देशसहित आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूलाई स्वदेशी उत्पादनको प्रवद्र्धनमा योगदान गर्न आह्वान गरिएको थियो । ‘उद्योगको विकास, समृद्ध नेपालको आधार’ भन्ने नारासहित आयोजित दिवसले स्थानीय उद्योगको संरक्षण, प्रवद्र्धन तथा उद्यमशीलता विकासमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । बनेपाचोकबाट शुरु भएको ¥याली नालादोवाटो हुँदै पुरानो बजारबाट गणेस्थानचोकमा आएर समापन गरिएको थियो ।