2025 February 10/ 02:42: 02am

कुखुरामा विश्वभरि फैलिएको रोगहरु मध्ये एक सि.आर डि. अर्थात माइकोप्लाज्मा ग्यालिसेप्टिकम रोग पनि एक हो । दिर्घ श्वास प्रश्वास सम्बन्धी रोग भएकाले एक पल्ट कुखुराको लटमा यो रोग देखिएपछि निको हुन धेरै समय लाग्छ । कुखुराको समूहमा सि. आर. डि. रोग फैलने र मृत्युदरको संख्या त्यस फर्म भित्र भएका कुखुराको रोग प्रतिरोधात्मक शक्तिमा भर पर्ने हुनाले धेरै थरिका संक्रमण भएका कुखुराको मृत्युदर पनि बढी नै रहन्छ । सि.आर.डि संगै आउने संक्रमणमा क्ष्द्य, रानीखेत, इकोलाई, पास्चुरेला स्पेसिस, हेमोफिलसका साथै प्रतिकुल वातावरणहरु जस्तै एमोनिया ग्यासको मात्रा बढी, धेरै चिसो, धुलोको मात्रा बढी आदि पर्दछन । यो रोग शरीर भित्र प्रवेश गरे पश्च्यात शरीरमा रोग देखाउने समय ६ देखि १० दिनको रहन्छ । यो रोगले मासु उत्पादनका लागि पालिएका कुखुरामा बढी असर गर्ने हुंदा ब्रोइलरहरु बढी प्रभावित भएको पाइन्छ ।
माइकोप्लाज्मा ग्यालिसेप्टिकम रोग सर्ने माध्यमहरुमा एउटा माध्यम रोगी प्यारेन्टबाट चल्लाहरुमा सजिलै सर्न सक्छ भने अर्को थरिमा संक्रमित दाना, सुली, दाना पानीका भाडाहरु, मानिसहरुको आवतजावत गर्ने क्रममा लगाइएका जुत्ता, कपडा साथै कुखुराको संक्रमित श्वास प्रश्वास र खोकीबाट निस्केका पानीको मात्राले पनि रोग सार्न सक्छ । कुखुरालाई तनावको स्थिति जस्तै चिसो वातावरण, खोरमा धुलोको तथा एमोनिया ग्यासको मात्रा बढ्नु र संगै अरु कुनै रोगको संक्रमण भएमा यो रोग चाडो देखा पर्दछ ।
रोग लागेपछि कुखुरामा देखिने लक्षणहरुमा, खोक्ने, नाक र आँखाबाट कचेरा निस्कने र आँखा वरिपरि सुन्निने, अण्डा उत्पादन घटे्ने, चल्लाको वृद्धि विकास कम हुने, खुट्टा लङ्गडो हुने वा खुट्टामा समस्या देखिने, कुखुराको तौल राम्रो नआउने, दाना खाने क्रम कम गर्दै जाने, ह्याचरीमा चल्ला उत्पादन घट्ने  र उत्पादित चल्लाको मृत्युदर बढ्ने, चल्लाहरुमा कहिले काहि इन्सेफयालो माइलाइटिस ९भ्लअभउजबयिmथष्तिष्क० देखिने र प्वाखको विकासमा एकरुपता नआउने हुन्छ ।
त्यस्तै इकोलाइ अर्थातको संक्रमणबाट कुखुराको उत्पादनमा प्रत्यक्ष असर गरि उत्पादन घटाउने र मृत्युदर बढाउने हुनाले धेरै कुखुरा पालन गर्नु हुने व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा आर्थिक नोक्सानी पु¥याइरहेको छ । इकोलाइको संक्रमण कुखुराको सबै उमेरमा देखिन सक्ने रोग भएकाले विशेष गरि हुर्कदै गरेको चल्लामा यसको असर बढी रहने हुँदा कुखुराको हरेक दिन उपयुक्त हेर विचार गर्न जरुरी देखिन्छ ।
अवसरवादी जीवाणुको रुपमा लिन सकिने यो इकोलाइ जीवाणुको बाह्य वातावरणबाट धेरै तनावमा परेका कुखुराको आन्द्रामा गुणना भई सेतो जालो जस्तो भएर रहेको देखिन्छ।  अत्यन्तै बढि संक्रमण भएमा यो जालो फैलिदै कलेजो र मुटुलाई पनि ढाक्न पुग्दछ । त्यस्तै रोगले असर गर्ने अंगहरुमा श्वास प्रणाली र जोर्नी पनि पर्छन । साधारण तया कोलीब्यासीलोसीस वा सी. आर. डी. वा अन्य रोगको विषाणु र जीवाणु समेत यो जिवाणुसँग मिसीन सक्छ । सी. आर. डी. सँगै ई कोलाइ लागेमा सी. सी. आर. डी. भन्ने अझ जटिल रोग लाग्दा मृत्युदर बढ्न सक्छ । चल्लामा भने योल्क स्याक र नाभिमा सङक्रमण देखिन सक्छ ।
विशेषगरी जीवाणु फैलिने श्रोतमा कुखुराको सुलीलाई प्राथमिकता रुपमा राख्न सकिन्छ । साथै कुखुराको रोग प्रतिरोधात्मक शक्ति कम भएको बेलामा इ कोलाइको वद्धि चाडो रहने र फर्ममा रहेका कुखुरामा संक्रमण चाडै देखिन्छ ।
एक अध्ययन अनुसार इ कोलाइ हरेक पन्छीको आन्द्रामा सुछुप्त अवस्थामा रहने र पन्छीको प्रतिकुल अवस्थामा ई कोलाइ को संख्या बढ्ने देखाइएको छ । प्रतिकुल अवस्थाको रुपमा दुषित पानी, दुषित दाना, अनुपयुक्त भेन्टिलेसन र अनुपयुक्त खोरको वातावरण आदिलाई लिन सकिन्छ । अनुपयुक्त वातावरणमा खोरमा चिस्यान धेरै हुनु, कुखुराले पर्याप्त मात्रामा दाना खान नपाउनु, फर्म भित्र धुलोको मात्रा बढी रहनु आदि हुन्छन । यसरी संक्रमित भएका पन्छीले आफ्नो सुली र सिगानका साथै ¥यालबाट अरु निरोगी पन्छीलाई रोग सार्न मद्दत पु¥याउछन । रोगी पन्छीको लक्षणहरुमा अचानक धेरै कुखुराको मृत्यृदर बढ्ने, प्वाख झुसिलो बनाउने, प्वाख भुइतिर लतारिने, दाना पानी खान कम गर्ने, चल्लाहरm एकै ठाउँमा झोक्रीएर र झुम्मिएर बस्ने तथा श्वास फेर्ने अप्ठ्यारो हुने, पहेलो रङको सुली छेर्ने र सुली मलद्धारमा टासिएको देखिन्छ ।
रोगको रोकथाम लागि
-    तनावयुक्त वातावरणको सिर्जना कम गराउन उपयुक्त भेन्टिलेसन, सुख्खा भुस, पर्याप्त सफा दाना पानीको व्यवस्था मिलाउनु पर्ने हुन्छ । रातको समयमा प्रकाश व्यवस्थापनले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
-    जैविक सुरक्षाका पद्धतिहरु अपनाई खोरलाई निसंक्रमण गर्नु पर्छ ।
-    फर्म भित्र जमेको धुलोलाई नया चल्ला राख्नु अगावै राम्रो संग सफा गर्नु पर्छ ।
-    भुस र सुलीबाट संक्रमण फैलिन नदिन भुसमा ब्लिचिङ पाउडर, चुन आदि छर्नु पर्छ भने पानीमा क्लोरिन र एसिडि फायरको प्रयोग गर्नुपर्छ ।
अन्तमा इ कोलाइ र सि.आर.डि अवसरवादी जीवाणु भएकोले फर्मको कुखुरामा तनावको वातावरण सिर्जना भएमा सजिलै संक्रमण देखिन सक्छ । त्यसैले रोग लागेपछि उपचार भन्दा बेलैमा सचेत भएर उचित व्यवस्थापनका उपायहरु अपनाउदै र प्रकाश व्यवस्थापन गर्दै व्यवसायलाई  फाइदामुलकमा लैजान सकिने हुदा हामी सबैको ध्यान यस तर्फ जान जरुरी छ ।