पनौती/मल्पी इन्टरनेश्नल स्कुलको आयोजनामा पहिलो पटक अन्तर विद्यालय साहित्य दिवस सम्पन्न भएको छ ।
विद्यार्थीमा साहित्य प्रतिको रुचि अभिवृद्धि गर्दै उनीहरूको सिर्जनात्मक तथा भाषिक क्षमता उजागर गर्ने तथा आपसी समबन्धलाई उद्देश्यले आयोजित प्रतियोगितामा काभ्रे र काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । साहित्य दिवस अन्तर्गत निबन्ध लेखन, कविता वाचन, वादविवाद, चित्र वर्णन, कथा लेखन र क्विज गरी छ वटा विधामा प्रतियोगिता सञ्चालन गरिएको थिया । ती मध्ये तीन वटा विधा अंग्रेजी र तीन वटा विधा नेपाली भाषामा सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल तेजेन्द्र प्रकाश राजभण्डारीले बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आ–आफ्नो सिर्जनशीलता, तार्किक क्षमता तथा भाषिक दक्षता प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयबाट आएका विद्यार्थीको सहभागिताले कार्यक्रमलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाएको थियो । प्रतियोगिताका प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल राजभण्डारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । मल्पी इन्टरनेशनल स्कुलले पहिलोपटक आयोजना गरेको साहित्य दिवसलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा निरन्तरता दिने राजभण्डारीले बताए । कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै साहित्य र सिर्जनात्मक गतिविधिप्रति उनीहरूको रुचि बढाउन महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक सत्र २०८३ देखी दिवा आवासिय कक्षा सञ्चालन गरेको छ ।
साहित्यिक प्रश्नोत्तरीमा एभरेष्ट इङ्लिस स्कूलका द्रिधाता जयना र आरोह दुलाल प्रथम दोस्रो पेमा चोयकी लामा र स्वभावराज प्याकुरेल माल्पी इन्टरनेशनल स्कूल रहेका छन् । निबन्ध लेखन प्रतियोगिता प्रथम एभरेष्ट इंग्लिश स्कूलकी दीपशिखा उप्रेती दोस्रो एसो एस वालग्रामका प्रविद्धि पोखरेल, बहस प्रतियोगिता प्रथम उज्जव भविष्य माध्यमिक विद्यालयका कृषा थापा दोस्रो मल्पी इन्टरनेशनल स्कूलकी देछेन जुलियाना शेर्पा रहेका छन् । त्यसैगरी कविता वाचनमा प्रथम मल्पी इन्टरनेशनल स्कूलकी सायरा हुमागाई दोस्रो एसओ एस वालग्राम स्कुलकी पूर्णिमा न्यौपाने, कथा लेखन प्रथम मल्पी इन्टरनेशनल स्कूलका शायना सैंजु दोस्रो उज्ज्वल भविष्य माध्यमिक विद्यालयका दर्पण कँडेल, चित्र वर्णन प्रथम भविष्य माध्यमिक विद्यालयकी श्रेया सिग्देल उज्ज्वल र दोस्रो नेपाल प्रहरी विद्यालयकी दीपशिखा शाही रहेका छन् ।









