2026 May 02/ 02:53: 54pm

    पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औ स्थापना दिवसको अवसर पारी संस्थामा आवद्ध विविध विद्याका ७ सय भन्दा धेरै सदस्यहरुलाई सम्मान गरेको छ । अध्यक्ष उद्धव सापकोटा लगायत संस्थाका सल्लाहकारहरु, संचालक समिति, उप समिति, कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो । 
    ७५ वर्ष नाघेका २ सय ७५ जना, ७० देखि ७५ वर्ष उमेर समुहका ३ सय जना र अपाङ्गता भएका ३९ जना जेष्ठ नागरिकहरु गरी ६ सय १७ जनालाई विभिन्न सेवा केन्द्रमा पुगेर सम्मान गरिएको छ । पनौतीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा विविध विद्यामा सम्मान गरिएको थियो । ज्योती सेवा केन्द्रमा २०८, बनेपा सेवा केन्द्रमा ६५, मिर्मिरे सेवा केन्द्रमा ५६, सामुहिक सेवा केन्द्र ५६, कुशादेवी सेवा केन्द्र ५९, बेथान्चोक सेवा केन्द्र ७२, जन्मज्योति सेवा केन्द्र ७९, रोशी सेवा केन्द्र २२ जना जेष्ठ नागरिक सम्मानित भए । 
    उत्कृष्ट सेवा केन्द्रका रुपमा बेथान्चोक सम्मानित भयो । उत्कृष्ट कर्मचारी सुदिप तिमल्सिना भए भने विशिष्ट सदस्य अवार्ड सप्तकाजी बुद्धाचार्यलाई प्रदान गरिएको थियो । उत्कृष्ट ऐच्छिक बचतकर्ता इश्वर बञ्जारा, नियमित बचतकर्ता राममाया प्रधानाङ्ग, नियमित बचतकर्ता लिला थापा, कल्पना बञ्जारा, मञ्जु अधिकारी, स्कुमाया तामाङ, यादवप्रसाद काफले, सन्तोष घिमिरे, कुन्छाङ तामाङ, ज्योति पुतुवार सम्मानित भए । 
    उत्कृष्ट ऋणी रविन विश्वकर्मा, सजना हुमागाई, रुपा श्रेष्ठ, शारदा पराजुली, मुना खड्का, उद्धवप्रसाद दाहाल, चिनिमाया तामाङ सम्मानित भए । उत्कृष्ट बालबचतकर्ताहरु निर्जल तामाङ, शिक्षान्त सापकोटा, रस्मिका तामाङ, प्रविन पाख्रिन, संघर्ष कुईकेल र रेजिश न्यौपाने सम्मानित भए । एसईई उत्कृष्ट सम्मान अनुराग सापकोटा, रोजिया सापकोटा र करण घ्याबा सम्मानित भए । 
    कार्यक्रममा बोल्दै अध्यक्ष उद्धव सापकोटाले सहकारी मार्फत उपलब्ध सेवाले सदस्यहरुको आर्थिक उन्नती, ब्यसायीक योजना निर्माण र ब्यवसायी बनाउन सहयोग पुगेको बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले समग्र अवस्थाका बारेमा जानकारी गराउँदै स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष दिपकप्रसाद दाहाल, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारा, विशिष्ट सदस्य सप्तकाजी बुद्धाचार्य, जिल्ला बचत संघका सचिव राजन अधिकारी, बुडोल सामुदायिक साकोसका जयराम थापा, सामुदायिक साकोसका कृष्ण थापा, विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सल्लाहकारहरु रमेश पौडेल, तुयुकाजी ताम्राकार, मेनेजर्स क्लवका सचिव सुबास बैद्य, कार्यसमिति सदस्य अरुण थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कान्छीमाया थापाले स्वागत गरेकी थिईन् ।