2026 May 02/ 02:53: 57pm

बनेपा/नेकपा एमाले नेतृत्वको सरकारका पालामा २०८१ चैत्र १५ गते राजधानीमा राजावादीहरुले आन्दोलन गरेका थिए । आन्दोलन हिंस्रक हुन नदिने भन्दै सरकारले कडा तयारी गरेको थियो । केपी ओली प्रधानमन्त्री थिए । तिनकुनेमा भएको आन्दोलनले हिंसात्मक रुप लियो । भाटभटेनी, जडिबुटी कम्पनी लगायतका संरचनाहरुमा क्षति भयो । केहि नागरिक मारिए । केहि घाईते भए । सरकारले उक्त घटनामा संलग्न, योजनाकार तथा अन्यलाई पक्राउ ग¥यो । आन्दोलन दबाउन सरकार सफल भयो । एमाले प्रदेश कमिटीले जिल्लाहरुलाई त्यहि चैत्र १५ को अल्टिमेटम दिदै निर्वाचनमा पराजयको समीक्षा प्रतिवेदन पठाउन उर्दी जारी गरेको छ । 
    भदौ २३ र २४ मा आन्दोलन भड्कियो । ओली नेतृत्वको सरकार मात्रै ढलेन । मुलुकका मुख्य संरचना जले । भत्किए । संसद ढल्यो । नयाँ निर्वाचन भयो । पुराना दलहरुले सर्वनाक हार ब्यहोरे । केहिले समिक्षा बुझाए । केहि समिक्षामा अल्झिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले भने त्यहि चैत्र १५ को अल्टिमेटम सहितको समिक्षा बुझाउन निर्देशन दिएको छ । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा समेत बागमती प्रदेशमा एक सिट जोगाउन सफल नेकपा एमाले २०८२ मा शुन्य हुन पुग्यो । त्यतिबेला काभ्रेबाट कृष्णप्रसाद सापकोटा विजयी भएका थिए । २०७० मा सापकोटाले दोश्रो पटक नै टिकट पाएनन् । बागमती प्रदेशबाट एक मात्र सिट विजयी हुँदा पनि राज्यमन्त्री समेत नबनाएकोमा उनी तत्कालिन नेतृत्वसँग असन्तुष्टी ब्यक्त गरिरहेका थिए । पछि उनी एमाले परित्याग गरी नेकपा समाजवादीमा पुगे । 
    नेकपा एमाले बागमती प्रदेश कार्यालयद्वाारा जारी विशेष निर्देशनमा भनिएको छ –‘सम्पूर्ण पालिका ईन्चार्ज कमरेडहरु, सम्पूर्ण जिल्ला अध्यक्ष कमरेडहरु । प्रतिनिधि सभा निर्वाचन २०८२, फागुन २१ गते सम्पन्न भएकोमा नेकपा एमालेका लागि जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित स्थानिय तहका वडा कमिटीसम्मको समिक्षा सहितको प्रतिवेदन २०८२ चैत्र १५ गते भित्रमा पार्टी प्रदेश कार्यालयमा उपलब्ध गराउनु हुन यो विशेष निर्देशन जारी गरिएको छ ।’ समिक्षा समिक्षा सहजताका लागि जिल्लाको नाम, पालिकाको नाम र वडा नम्बर खुलाएर समिक्षाका विषयबस्तुहरु उल्लेख गरिएको छ । विषयबस्तुहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त मत परिणाम र यसको कारण, यस निर्वाचनमा भोग्नु परेको समस्याहरु, निर्वाचनमा स्थानिय कमिटीको भूमिका, निर्वाचन सञ्चालनमा अपनाईएको असल अभ्यासहरु, आगामी दिनमा ध्यान दिनु पर्ने कुराहरु र अन्य थप विषयबस्तुहरु भएमा उल्लेख गर्न भनिएको छ । 
    समीक्षाको विषयबस्तुमा नसमेटिएको तर समीक्षा प्रतिवेदनमा समेट्नु पर्ने अन्य विषयबस्तुहरु भएमा थप उल्लेख गर्नुहुन समेत अनुरोध गरिएको छ ।’ अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलद्वारा जारी निर्देशनमा गुगल लिंक उपलब्ध गराईएको छ । गुगल लिंकको ब्राउजरमा गएर लिंक हुबहु टाईप गरी फारम भर्न निर्देशन गरिएको छ । लिंक पाउनका लागि ह्वाटसअफमा नाम र ठेगाना खुलाई दिईएको मोबाईल नम्बरमा म्यासेज समेत गर्न भनिएको छ । देशभर नयाँ भनिएको दल प्रतिको उभार आउँदा काभ्रेपलाञ्चोक जिल्लाका दुबै निर्वाचन क्षेत्र र समानुपातिक तर्फ पनि त्यहि दलले धेरै मत प्राप्त ग¥यो । नयाँ दलका लागि सबैभन्दा धेरै मत नेकपा एमालेका तर्फबाट योगदान भएको देखिन्छ । तथ्यांकका आधारमा पनि उक्त कुरा पुष्टि हुन्छ । नेकपा एमाले भित्र मौलाउँदै गरेको गुट, पार्टी फुटको असर तथा टिकट वितरणमा असन्तुलन भएको देखाउँदै एकपक्षीय नेता कार्यकर्ताहरु निर्वाचन परिचालन र प्रसार प्रसारमा पनि सक्रिय भएनन् । विशेषगरी पार्टी जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, प्रदेश कमिटी तथा केन्द्रिय कमिटी सदस्यहरु, पालिका कमिटी, वडा कमिटीका पदाधिकारीहरु समेत निर्वाचनमा निश्क्रिय भएको एमालेको प्रारम्भिक समिक्षा छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, संगठित सदस्यहरु समेत अन्यत्र सक्रिय भएको निश्कर्ष एमालेले निकालेको छ । राष्ट्रिय रुपमा नै एमाले विरुद्धको अभियान चिर्न नसकेको, एमालेका नेता कार्यकर्ताहरु नै एमाले नेतृत्वको सरकारले गरेका केहि कदमहरु जनमुखी नभएकाले निर्वाचनमा प्रचार गर्न नसकिएको, पार्टीले प्रधानमन्त्री पदमा पुनः अध्यक्ष केपी ओलीलाई नै घोषणा गरेकाले भाद्र २३ र २४ को घटनाको भित्री पाटो र रहस्य बुझाउन नसकिएको जस्ता विषय उठान गरिएको छ । समिक्षाका लागि बैठक, भेला र छलफल भने औपचारिक रुपमा नभएको एमालेले जनाएको छ ।