2026 August 06/ 02:48: 02pm

    बनेपा/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले भरोशा गरेको र देशलाई प्राण दिने एउटै शक्ति राप्रपा मात्रै बाँकी रहेको बताएका छन । बनेपामा राप्रपा काभ्रेपलाञ्चोक जिल्लाको ८ औं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपा जनताको आशा र भरोसका रुपमा रहेको दाबी गरेका हुन् ।
    देश संकटपुर्ण अवस्थामा रहेको अहिलेको समयमा राप्रपाका नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने र गहन जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनको जोड थियो । राप्रपाले गर्ने गल्ति कमजोरी देशको लािग अन्याय हुने उनको भनाई थियो । अधिवेशन पार्टीलाई बलियो बनाउने अवसर समेत भएको भन्दै उनले विगतका तितो मिठो अनुभवबाट सिक्दै पार्टी बलियो बनाउन सबै उकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा केन्द्रिय नेताहरु, प्रदेश स्तरका नेता र जिल्ला तथा स्थानीय स्तरका नेताहरुको सहभागिता रहेको थियो । 
    जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका नेताहरु विक्रम पाण्डे, रविन्द्रप्रसाद शाह, उदयसिं मुस्याजु, अनन्तप्रसाद दाहाल लगायतले मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा पृथ्वीनारायण शाह तथा राप्रपा काभ्रेका संस्थापक अध्यक्ष गोपालसिं मुस्याजुको तस्विरमा माल्यार्पण गरिएको थियो । अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।