2025 January 24/ 08:39: 20pm

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ र बखुण्डोल बाल सञ्जालको आयोजनामा शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
    बाल सञ्जाल अध्यक्ष रस्मिता तामाङको अध्यक्षता तथा सञ्जिता तामाङको संचालन रहेको कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले कला, संस्कृतिलाई जोगाउँदै बालबालिकाहरुलाई सामाजिक अभियानमा सहभागिता गराएकोमा वडा कार्यालय र बाल सञ्जाललाई धन्यवाद दिएका थिए । 
    कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, धुलिखेल नगरपालिका निवर्तमान उपप्रमुख विमला शर्मा, धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, पाँचखाल नगरपालिका वडा नम्वर ५ का अध्यक्ष सिताराम ढुंगाना, बखुण्डोल बुद्धपार्कका अध्यक्ष सत्यमान लामा, सामाजिक जागरण मञ्चका कमल राय, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, स्थानीय युवा सम्पूर्ण थापा, वडा सदस्य सजना परियार लगायतले बालबालिकाहरुलाई सामाजिक कृयाकलापसँगै सांस्कृतिक कार्यक्रम र कला संस्कृतिको जगेर्ना गर्न सक्रिय बनाउनु पर्ने बताएका थिए ।