2026 August 06/ 02:54: 31pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको स्वस्थ शहर अभियानलाई सबै प्रदेशमा विस्तार गर्ने उदेश्य स्वरुप जर्मन जिआईजेडको ब्यवस्थापन वोर्डका अध्यक्ष टोस्टन सेर्फड गम्बलको टोली धुलिखेल आएको छ । टोलीले धुलिखेलको स्वस्थ शहर अभियानका बारेमा नगर प्रमुख अशोक ब्याञ्जु सहित स्वास्थ्य शाखाका प्रमुखहरुसँग जानकारी लिएको छ । 
    भ्रमण टोलीमा डाईरेक्टर जनरल मथाएस गिगरिस तथा जिआईजेडका कन्ट्री प्रतिनिधी पौलिना क्याम्पिस सहित डा. बेरेण्ट एपीलर सहभागी भएका थिए । टोलीले धुलिखेल नगरपालिकाले स्वस्थ शहरको उपाधी पाएकोमा बद्याई दिदै अन्य प्रदेशमा समेत उक्त कार्यक्रम लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए । टोललीलाई धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले स्वागत गर्दै विस्व स्वास्थ्य संगठनको मापडण्द पूरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेकाले आगामी दिनमा अझै थप सुधारका कार्य गरिने बताए । 
    धुलिखेल नगरपालिकाले विश्व स्वास्थ्य संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्दै आएको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख रागिनि कक्षपति श्रेष्ठ, धुलिखेल प्रथमिक स्वास्थ्य केन्द्रका डा. दिपक ढकाल, धुलिखेल नगरपालिका स्वास्थ्य सल्लाहकार डा. दिर्घराज बरुण, सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, स्वास्थ्य शाखा प्रमुख सन्जिब केसी लगाएतको उपस्थिती रहेको थियो । धुलिखेल नगरपालिकालाई विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा २०८१ भदौ १६ गते नेपालको पहिलो स्वस्थ शहर घोषणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेका थिए ।