2026 April 30/ 05:15: 44pm

    बनेपा/नेपाली कांग्रेस बनेपाका नेताहरु घरको फोेहोर सडकमा फ्या“क्दै त्यहि फोहोरमा लडिबुडी खेल्दै फोहोर ब्यवस्थापनको उच्च स्तरीय प्रविधि विरुद्ध आन्दोलन गरिरहेको छ । घरको कौसीबाट सडकमा फोहोर फाल्दै मुखमा माक्स लगाएर कांग्रेस नेताहरु नगरपालिकाको फोहोर ब्यवस्थापन विरुद्ध आन्दोलनको नौटंकी गरिरहेको छ । 
    डब्लुएचओले प्रमाणित गरेको जापानिज प्रविधिकोे मेशिन मार्फत प्रदूषण रहित वातावरण मैत्री फोहोर ब्यवस्थापनमा नेपाली कांग्रेसले झिेकेको बखेडामा जनताले निर्वाचनमा २ सय मत कटाउन नसकेका दल समेत पुच्छर बनेर लतारिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहित बादे, समाजवादी पार्टीका पवन कर्णजित, नेकपा माओवादी क्रान्तिकारीका सौरभराज कायस्थ, नेमकिपाका त्रिरत्न मानन्धर, राष्ट्रिय जनता पार्टीका श्यामप्रसाद सेवाचार्य, विवेकशिल पार्टीका विजय लामा र राप्रपा नेपालका अनन्तप्रसाद दाहालले कांग्रसको पुच्छर बन्दै संयुक्त अपिलका नाममा हस्ताक्षर गरेका छन् । २०७४ अघि बनेपा नगरपालिकामा जनप्रतिनिधि भएर नेपाली कांग्रेसका नेताहरुले नगरपालिका संचालन गरे । पञ्चायतकालमा पनि नेपाली कांग्रेसकै नेताहरुको हालिमुहाली रहेको थियो । २०५९ देखि २०७४ सम्म दलका प्रतिनिधि र कर्मचारी भएर नगरपालिका संचालन गर्दा समेत नगरपालिकामा उत्पादन हुने फोहोरको ब्यवस्थापनमा चासो भएन । श्रीखण्डपुर अगाडी नगरपालिकाले खरिद गरेको जग्गामा लगेर फोेहोर थुपार्ने बाहेक केहि काम नभएको अवस्थामा बनेपा नगरपालिकाले स्थानीयहरुको स्वास्थ्यमा ध्यान दिदै जापानिज प्रविधिको मेशिन मार्फत नीजि कम्पनीलाई फोहोर ब्यवस्थापनको जिम्मेवारी दिएको हो । अहिले हुन लागेको फोहोर ब्यवस्थापनमा नगरपालिकाले जग्गा ब्यवस्थापन बाहेक अन्य भार पर्नेछैन । तर पनि नेपाली कांग्रेसका नेताहरु त्यसको दिगो समाधानका लागि अवरोध सिर्जना गरी बखेडा गरिरहेका छन् । 
    ‘बनेपामा फोहोर ब्यवस्थापन हुन नदिएर कांग्रेसले दुर्गन्धित राजनीति गरिरहेको छ’– बनेपाका राजनीतिज्ञ रविन शाक्यले भन्नुभयो– ‘आफु उपप्रमुख हुँदा केहि नगर्ने कांग्रेसले अहिले फोहोरमा राजनीति गरेर नगरबासीहरुलाई दुःख दिईरहेको छ ।’ फोहोर ब्यवस्थापन गर्न नदिने कांग्रेस लगायतका अन्य दलका नेताहरुको घरघरमा लगेर नगरपालिकाको फोहोर थुपारिदिनु पर्ने शाक्यको भनाई छ । नगरपालिकाले फोहोर ब्यस्थापनका लागि निजी कम्पनीलाई जिम्मेवारी दिएको छ । सोहि कम्पनीले मेशिन राख्न जमिन सम्याउन स्काभेटर लैजाँदै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा तोडफोड सहित अवरोध गरिएको थियो । तोडफोडबाट स्काभेटरको १ लाख २९ हजार रुपैयाँ क्षति भएको छ । तोडफोडमा संलग्न विरुद्ध नगरपालिकाले किटानी जाहेरी दिएको छ । प्रहरीले उनिहरुको खोजविन गरी मुद्दा चलाईरहेको छ । कांग्रेस आफै तोडफोड गर्ने अनि आफै ब्यक्ति रिहाईका लागि भन्दै सडकमा अर्काे तमासा देखाईरहेको छ । पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेसका क्षेत्रिय सभापति कञ्चनचन्द्र बादे बनेपा नगरपालिकाको उपप्रमुख हुँदा बनेपाको फोहोर ब्यवस्थापनमा मात्रै होईन विकास निर्माणका अन्य कामहरुमा समेत ध्यान दिन नसकेको पूर्व कांग्रेस नेता रविन शाक्यले बताउनु भयो । अहिले फोहोर ब्यवस्थापनको डाहा हुनुमा चुनावी गन्ध रहेको स्थानीयहरुले बताएका छन् । 
    बनेपा नगरपालिकाको उपप्रमुख भई सांसद हुँदै राज्यमन्त्री समेत भएका बनेपा नगरपालिकाका स्थायी बासिन्दा कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा नगरपालिकाले गर्न लागेको फोहोर ब्यवस्थापनमा पार्टीको निर्णय भन्दै अवरोध पु¥याए पछि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित संचारमन्त्री गोकुल बास्कोटाले फोहोरमा राजनीति नगर्न चेतावनी दिनु भएको छ । बनेपा नगरपालिकाले डब्लुएचओले प्रमाणित गरेको प्रदूषण रहित वातावरण मैत्री जापानीज मेशिन मार्फत फोहोर जलाउने तयारी गरेपछि नेपाली कांग्रेस बनेपा नगर समितिले अवरोध शुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा मेशिन राखी फोहोर जलाउने ब्यवस्थापन गर्ने तयारीका लागि जग्गा सम्याउन डोजर लैजाने क्रममा नेपाली कांग्रेसको अगुवाईमा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको निर्देशनमा डोजर माथी तोडफोड गरी १ लाख २९ हजार रुपैयाँको क्षति गराएका थिए । लगातार नेपाली कांग्रेसले उक्त स्थानमा फोहोर जलाउन नदिने घोषणा गर्दै ¥याली समेत गर्दै आएको छ । डोजर तोडफोडको अभियोगमा नेपाली कांग्रेसकै नेता डम्बरबहादुर घिसिङ्ग पक्राउ परेका छन् । मन्त्री बास्कोटाले बनेपा नगरपालिका वडा नम्वर ४ को भवन शिल्यान्यास पछि आयोजित कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेका बादेलाई फोहोर ब्यवस्थापनमा अवरोध नगर्न चेतावनी दिनु भएको हो । ‘फोहोर बनेपा चारदोबाटोमा लगेर जलाउने ? कहाँ लगेर ब्यवस्थापन गर्ने ? पूर्व मन्त्री, पूर्व उपमेयर कञ्चनचन्द्र बादेको छतमा राख्ने ? तपाईको घरको फोहोर कहाँ राख्नु भएको छ ? तपाईको घरको छतमा फोहोर राख्नु हुन्छ ? यस्तो विषयमा राजनीति नगर्नुुस् मेरो चेतावनी छ’–मन्त्री बास्काटाले भन्नुभयो– ‘यस्ता कुरामा जनता नउचाल्नुस । जनतालाई दुःख हुन्छ भने विचार गर्नुपर्छ । साँच्चै जनतालाई मर्का पर्छ भने त्यो कुराको सम्बोधन गर्नुपर्छ । तर राजनीतिक मुद्दा बनाएर विकासको प्रकृयालाई अवरोध गर्ने र फोहोरको डंगुर सडकमा राखेर जनस्वास्थ्य माथी खेलवाड गर्ने काम बन्द गर्नुस् ।’ मन्त्री बास्काटोले भन्नुभयो– ‘बनेपामा हिड्दा तपाईलाई लाज लाग्दैन ? तीनपल्ट नगरपालिका चलाएको पार्टीको यस्तो बुद्धि ? हामी त पहिलो पटक जितेका हौं । गर्न खोज्दै छौं गर्न दिनुस् त्यसमै राम्रो हुन्छ । हामीलाई काम गर्न नदिएर अर्काे पटक चुनाव जितांैला भनेर पासो थापेको हो भने त्यो पासोमा नेपाली कांग्रेस नै पर्छ । म दावाका साथ भन्छु कुनै नेकपा पर्ने छैन । विकासमा राजनीति नगर्नुस् । काम गरौं ।’ ‘आफ्नो पालामा निदाएर बस्ने अनि अहिले कोकोहोलो गर्ने ? २२ वर्षमा के गर्नु भयो ? आफ्नो जग्गा १ इन्च नदिने ? नगरपालिकाको उपप्रमुख भएको मान्छेले चारदोबाटोको बीचमा घर बनाएर बसेर नगरपालिकासँग क्षतिपूर्ति लिन निहुँ खोजेर बस्ने ? यहि संस्कारले अरुलाई सरापेर कांग्रेस उभो लाग्छ ?’–मन्त्री बास्कोटाले भन्नुभयो–‘२००७ साल, २०१५ सालका चेत भएका जनता होईनन् । जनतामा अहिले चेतना छ । नेता भन्दा जनता तीन गुणा बाठा छन् । उल्टो बाटो नहिड्नुस । पाईलाले टेकेर हिड्ने काम शुरु भएको छ टाउकोले टेकेर हिड्न सकिदैन । जर्बजस्ती नगर्नुस् । कञ्चनजीको टोलमा कि आँगनमा ? कहाँ राख्ने फोहोर ।’ 
    ‘आफु राज्यमन्त्री हुँदा गर्नु भएको भए हुन्थ्यो नि ? के गर्नुभयो ? हामीले धमाधम काम गर्न शुरु गरेका छौं । अलिअलि काम गर्नु भयो होला धन्यवाद् । तर अधिकांश समय खेर फाल्नु भयो । हामी समय खेर फाल्न चाहँदैनौं । देशलाई, समयलाई सरापेर, समाजलाई भाँडेर बहादुरीको कथा नराचौं । सांसद, मन्त्री भईसकेको मान्छेले बखेडा झिकेर पासो नथापौं । यस्तै गर्नुुस् अर्काे पटक चारतारेलाई फर्केर पनि जनताले हेर्ने छैनन् । विरोधको स्वर चर्काे नबनाउनुस् फोहोर मैला ब्यवस्थापन गर्नुपर्छ’–मन्त्री बास्कोटाले भन्नुभयो । 

के भन्नु भयो मन्त्री बास्कोटाले ? 
    ‘फोहोर उत्सर्जन गरेपछि विसर्जन गर्नुपर्छ । खाना खाने, बाथरुम चाँहि खुल्ला स्थानमा जाने ? फोहोरको राजनीति बन्द गर्नुस् म कांग्रेसलाई त्यहि सल्लाह दिन्छु । यदि मान्नुहुन्न भने जसले विरोध गर्छ उहाँहरुको घर अगाडी लगेर राखिदिने हो । अनि के गर्नु हुन्छ ? तपाईलाई गन्ध आउँदा नाक थुन्नु हुन्छ । अरुलाई फोहोर हुँदा चाँहि के हुन्छ ? अहिले तुलनात्मक रुपमा बस्ति नभएको, त्यो पनि सम्पूर्ण रुपमा मेशिनरी मार्फत जलाएर नष्ट गर्न मेशिन राख्ने कुराले बनेपा नगरपालिकालाई राम्रो गर्छ कि ? फोहोरमा अवरोध गरेर अर्काे चुनावलाई तयारी गर्दैमा कांग्रेसले चुनाव जित्दैन । ठाउँ नै पाउँदैन कहाँबाट जित्ने ? बाटो हामी बनाउँछौ । पुल हामी बनाउँछौं । विश्वविद्यालय हामी नै बनाउँछौं । पाँचखाल, साँगा, बनेपाका विभिन्न स्थानमा हामी नै विद्यालयहरु बनाउँछाछैं । २२ वर्ष सुतेर बस्नु भयो । हिजो निदाउनु भयो अहिले फेरी फुर्ति ? ग¥या भए हुन्थ्यो नि ? पटक पटक जनताले दिएकै थियो गरेको भए हुन्थ्यो नि ।’
    ‘आफु राज्यमन्त्री हुँदा गर्नु भएको भए हुन्थ्यो नि ? के शुरु गर्नु भयो ? हामीले धमाधम काम शुरु गरेका छौं । अलिअलि काम गर्नु भयो होला धन्यवाद् । तर अधिकांश समय खेर फाल्नु भयो । हामी समय खेर फाल्न चाहँदैनौं । नालाबाट करिडोर शुरु हुन्छ । ४० करोडको डिपिआर तयार भएको छ । बनेपाको पुलबजार पुरिन्छ । फोहोर ब्यवस्थापन नालाका लागि समस्या हो र ? वडा वडाले अहिले देखि नै ब्यवस्थापनमा ध्यान दिनुपर्छ । सबैले आफ्नो आफ्नो वडाको फोहोर ब्यवस्थापन गरे भई हाल्यो नि । बनेपा चारदोबाटोको फोहोर कहाँ लगेर जलाउने ? कहाँ लगेर ब्यवस्थापन गर्ने ? पूर्व मन्त्री, पूर्व उपमेयर कञ्चनचन्द्र बादेको छतमा राख्ने ? तपाईको घरको फोहोर कहाँ राख्नु भएको छ ? तपाईको घरको छतमा फोहोर राख्नु हुन्छ ? यस्तो विषयमा राजनीति नगर्नुुस् मेरो चेतावनी छ । यस्ता कुरामा जनता नउचाल्नुस् । हो जनतालाई  दुःख हुन्छ भने विचार गर्नुपर्छ । साँच्चै जनतालाई मार्का पर्छ भने त्यो कुराको सम्बोधन गर्नुपर्छ । तर राजनीतिक मुद्दा बनाएर विकासको प्रकृयालाई अवरोध गर्ने र फोहोरको डंगुर सडकमा जनस्वास्थ्य माथी खेलवाड गर्ने काम बन्द गर्नुस् । बनेपामा हिड्दा लाज लाग्दैन ? तीनपल्ट नगरपालिका चलाएको पार्टीको यस्तो बुद्धि ? हामी त पहिलो पटक जितेका हौ । गर्न खोज्दै छौं गर्न दिनुस त्यसमै राम्रो हुन्छ । हामीलाई काम गर्न नदिएर अर्काे पटक चुनाव जितौला भनेर पासो थापेको हो भने त्यो पासोमा नेपाली कांग्रेस नै पर्छ । म दावाका साथ भन्छु कुनै नेकपा पर्ने छैन । सम्झाउनु आफ्ना नेताहरुलाई । विकासमा राजनीति नगर्नुस् । काम गरौं ।’ ‘आफ्नो देशलाई, समयलाई सरापेर, समाजलाई भाँडेर बहादुरीको कथा नराचौं । योगदान गरौं विकासको, निर्माणको, समृद्धीको । बाटो विस्तार हुँदा पनि त्यहि भन्नु हुन्छ होला । चारदोवाटोको घर भत्काएकै हौं । करिडोर पनि बनाउँछौं । खेत र घर करिडोरमा परे भत्कन्छ । फलफुल सहितको बगैचा बन्छ । सांसद, मन्त्री भईसकेको मान्छेले बखेडा झिकेर पासो नथापौं । यस्तै गर्नुुस् अर्काे पटक चारतारेलाई फर्केर पनि हेर्ने छैनन् । विरोधको स्वर चर्काे नबनाउनुस् फोहोर मैला ब्यवस्थापन गर्नुपर्छ । मुख्य चुनौती त्यहि हो खानेपानी, फोहोर ब्यवस्थापन र करिडोर । खानेपानीका सबै श्रोतहरुको ब्यवस्थापन गर्नुपर्छ ।  राम्रा काममा सहयोग गर्नुस् नराम्रा काममा विरोध गर्नुुस् । सजायँ कांग्रेसले हैन जनताले दिन हो नेकपालाई । जनतालाई कांग्रेसले दुःख दिएर ५ वर्षलाई नेकपालाई काम गर्न दिएका हुन् । हेर्नुस् चुप लागेर ५ वर्ष । जनताले नै हिसाब किताबको फैसला गर्छन् ।’
    ‘अरनिको हाई–वे, पाँचखालको सेज, सुनकोशी परियोजना, पाँचखाल र मण्डनको खानेपानी, काभ्रे उपत्यकाको खानेपानी, जिल्लाका विभिन्न क्षेत्रका सडकहरु बनाउँछौं । रिस गरेर हुन्छ ? आफ्नो पालामा निदाएर बस्ने अनि अहिले कोकोहोलो गर्ने ? २२ वर्षमा के गर्नु भयो ? आफ्नो जग्गा १ इन्च नदिने ? नगरपालिकाको उपप्रमुख भएको मान्छेले चारदोबाटोको बीचमा घर बनाएर बसेर नगरपालिकासँग क्षतिपुर्ति लिन निहुँ खोजेर बस्ने ? यहि संस्कारले अरुलाई सरापेर कांग्रेस उभो लाग्छ ? २००७ साल, २०१५ सालका चेत भएका जनता होईनन् । जनतामा अहिले चेतना छ । नेता भन्दा जनता तीन गुणा बाठा छन् । उल्टो बाटो नहिड्नुस । पाईलाले टेकेर हिड्ने काम शुरु भएको छ टाउकोले टेकेर हिड्न सकिदैन । जर्बजस्ति नगर्नुस् । कञ्चनजीको टोलमा कि आँगनमा ? कहाँ राख्ने फोहोर ।’