2026 April 19/ 10:20: 37pm

    प्रहरी-समुदाय कार्यक्रम अन्र्तगत देशभर शुरु भएको अभियानले लागु औषध ओसारपसार नियन्त्रण गर्न शुरु गरिएको अभियान प्रभावकारी देखिएको छ। प्रयोगकर्तालाई सचेत बनाउँदै लागु औषध नियन्त्रण गर्न चालिएका कदमले सफलता प्राप्त गरेको छ। जिल्ला प्रहरी कार्यालय र समुदायको अभियानले जिल्लामा गाँजा फडानी, लागु औषध प्रयोगकर्ताहरुको पहिचान, ओसारपसारमा नियन्त्रण, बालबालिकाहरुलाई शिक्षा जस्ता महत्वपूर्ण कार्यहरु भईरहेका छन्। जसका कारण विद्यालय जाने उमेरका अधिकांश बालबालिकाहरु लागु औषध प्रयोगकर्ताका शिकार भएका छन्। 
    विद्यालय जाँदै गरेका वा क्याम्पस सकेर फर्कदै गरेका, क्याम्पस अध्ययन गरिरहेका युवाहरु लागु औषधकोे जोखिममा छन्। अभिभावकले सन्तान अध्ययनमै ब्यस्त भईरहेको विश्वास गरिरहँदा उनिहरु लागु औषधमा मस्त भेटिन थालेका छन् । प्रहरी तथ्याङ्कमा जिल्लामा एक वर्षको अवधिमा १९ केजी गाँजा, १ केजी चरेश बरामद भएको छ। लागु औषध सम्बन्धी ट्याबलेट १ सय १६ वटा, डाईजिपाम ६२ वटा, फेनारगन ४० वटा, नर्फिन ४० वटा, नाईट्रोभेट ४ हजार ६१ वटा र अन्य ६ सय ४७ वटा ट्याबलेट बरामद गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३५ जना लागु औषध प्रयोग र ओसारपसार अभियोगमा पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २१ जनालाई मुद्दा दर्ता गरिएको छ। प्रहरीले जिल्लाको २ विगाहा, १२ कठ्ठा १ धुरमा गाँजा फडानी गरेको छ। एक साताको अभियानमा प्रहरीले २१ हजार ५ सय बोट गाँजा फडानी गरेको छ भने ९ सय विद्यार्थी तथा सर्वसाधारणलाई लागु औषध प्रयोगका असर तथा लागु औषध दुब्र्यसन विरुद्धको अभियानमा लाग्न अनुशिक्षण कक्षा संचालन गरेको छ। 
    स्थानीय सरकारले समेत लागु औषध प्रयोगकर्ताहरुको पहिचान र ओसारपसार नियन्त्रण गर्ने अभियान शुरु गरेका छन्। ग्रामिण भेगमा भएका वेवारिसे तथा खेतीपाती गरिरहेका गाँजाहरु नष्ट गर्न समुदायले प्रहरीलाई सहयोग पु¥याएको छ। समुदायको चासो र सहयोगकै कारण विद्यालय तहमा कक्षाहरु शुरु भएका छन्। सडक नाटकहरु प्रर्दशन गरिएका छन्। ब्यक्ति, परिवार र समाज नै प्रभावित हुने गरी भईरहेका घटनाहरुले राष्ट्रलाई समेत नोक्सानी पु-याएको छ। कलिला बालबालिकाहरु यसको कुलतमा फस्दा परिवार क्षतविक्षत भएको छ। सम्पन्न परिवारका सन्तानको सुखमोह प्रमुख कारण हो। अभिभावकको हेलचेक्राई दोश्रो प्रमुख कारण हो। प्रहरीले शुरु गरेको अभियानलाई समुदायले समेत साथ दिएकाले अझै प्रभावकारी बनाउनु जरुरी छ।