2026 October 17/ 04:19: 14am

    काठमाडौ/प्यासिफिक हस्पिटालिटी एवं कुलिनरी एकेडेमी (पीएचसीए), सेतोपुल, मैतीदेवी, काठमाडौंले सीप सिकेर प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।
    एकेडेमीमा सामान्यतया वर्षमा दुईदेखि तीन पटक मुख्य इन्टेक खुल्ने गर्छन् । अप्रिल र अक्टोबर इन्टेकलाई महत्वपूर्ण इन्टेकका रूपमा लिइन्छ । एकेडेमीले विभिन्न कोर्सका लागि नियमित रूपमा भर्ना खुलाउँदै आएको छ । न्यूनतम कक्षा १० वा १२ उत्तीर्ण गरेका व्यक्तिहरू एकेडेमीमा सञ्चालन हुने विभिन्न सीपमूलक तालिमका लागि योग्य मानिन्छन् ।
    व्यावसायिक पाककलामा एडभान्स डिप्लोमा एक वर्षको कोर्स हो । त्यस्तै, पाककलामा डिप्लोमा छ महिनाको कोर्स हो, जसमा एक महिना थप इन्टर्नसिप वा विशेषज्ञतासम्बन्धी तालिम समावेश हुन्छ । बेकरी, पिज्जा मेकिङ, बरिस्ता तथा ब्युटिसियनसम्बन्धी छोटो अवधिका विभिन्न तालिम हुन्छन् । इन्टर्नसिप तथा वैदेशिक रोजगारीका लागि आवश्यक तालिम छोटो र लामो दुवै अवधिका उपलब्ध छन् ।
    एकेडेमीले काठमाडौंका पाँचतारे होटलहरूसँग सम्झौता गरी विद्यार्थीलाई प्रयोगात्मक तालिमका लागि पठाउँदै आएको छ । साथै, अस्ट्रेलियन सर्टिफिकेट प्राप्त गर्न सकिने गरी सीपमूलक तालिमसमेत प्रदान गर्दै आएको छ । एकेडेमीमा अध्ययन गरेका विद्यार्थीलाई अस्ट्रेलिया, युरोप, दुबई र मलेसियालगायतका देशमा वर्क परमिट लिएर रोजगारी गर्न वा अध्ययनका लागि जान सहज हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश केसीले बताए । कोर्सको अवधि र प्रकारका आधारमा शुल्क निर्धारण गरिएको उनले जानकारी दिए । छोटो अवधिका तालिम र एकवर्षे डिप्लोमाको शुल्क फरक–फरक हुने उनको भनाइ छ ।
    प्यासिफिक हस्पिटालिटी एवं कुलिनरी एकेडेमी काठमाडौंको मैतीदेवीस्थित सेतोपुलनजिक रहेको हस्पिटालिटी तथा पाककलासम्बन्धी तालिम केन्द्र हो । सन् २०१६ मा स्थापना भएको यस एकेडेमीले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक हस्पिटालिटी र कुलिनरी आट्र्ससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । एकेडेमीमा ७० प्रतिशत प्रयोगात्मक र ३० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन गरिन्छ । एकेडेमीबाट उत्तीर्ण विद्यार्थीलाई नेपालका म्यारियट, सोल्टी र अलफ्टजस्ता पाँचतारे होटलका साथै अस्ट्रेलिया, युरोप र दुबईलगायतका देशमा रोजगारीका अवसर प्राप्त गर्न शतप्रतिशत जब प्लेसमेन्ट सहायता प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
    त्यस्तै, विद्यार्थीका लागि आधुनिक कमर्सियल किचन, डिजिटल लाइब्रेरी, व्यक्तित्व विकास तथा अङ्ग्रेजी भाषा कक्षासमेत सञ्चालन गरिएको छ । दीक्षान्त समारोहमा प्रमुख कार्यकारी अधिकृत केसीले अभिभावकको सपना र विद्यार्थीको भविष्यसँग जोडिएको सीपमूलक शिक्षालाई अवसरका रूपमा लिन आग्रह गरे । उनले सीपयुक्त शिक्षाले स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने बताए । 
    कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक (एमडी) महेशविक्रम कुँवरले सिकाइबाटै दक्षता हासिल हुने भएकाले सुरुदेखि नै ध्यानपूर्वक हेर्न, सिक्न र सिकेका कुरा व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गरे। प्रत्येक सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्नसमेत उनले सुझाव दिए । एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश केसीले दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै आगामी यात्राको सफलताको कामना गरे। उनले स्वदेशमै व्यवसाय गर्न वा वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई एकेडेमीमा भर्ना भई सीप सिक्न आग्रह गरे। अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत प्रदान गरिने तालिमले विद्यार्थीका लागि रोजगारी र अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताए ।
    कार्यक्रममा प्रशिक्षकद्वय विष्णु बुढाथोकी र सरोज केसीले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न, निरन्तर अभ्यास गर्न तथा भविष्य निर्माणको यात्रालाई सफलताको उचाइमा पु¥याउन विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा एकेडेमीका सुनिता केसी, रणवीर गिरी, सुप्रि श्रेष्ठ, मनिषा श्रेष्ठ, सरिना श्रेष्ठ तथा साझेदार प्रज्वल अधिकारीलगायतले दीक्षित विद्यार्थीलाई शुभकामना दिएका थिए ।