2026 October 17/ 05:09: 07am

बनेपामा सबैभन्दा बढी क्षयरोगका पोजेटिभ बिरामी फेला परेका छन भन् धुलिखेलमा सबैभन्दा धेरै स्लाइड परीक्षण गरिएको छ । 
    बनेपा/राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १२ स्थानीय तहमा गरिएको क्षयरोगको स्लाइड परीक्षणमा ६३ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ । ११ हजार ६५ वटा स्लाइड परीक्षण गरिएकोमा ६३ वटामा पोजेटिभ नतिजा देखिएको हो । 
    परीक्षणको समग्र पोजेटिभ दर ०.५७ प्रतिशत रहेको छ । स्थानीय तहगत विवरणअनुसार धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै ४ हजार ४९० वटा स्लाइड परीक्षण गरिएको छ । त्यसमध्ये २३ वटामा पोजेटिभ नतिजा आएको छ । त्यसैगरी बनेपा नगरपालिकामा २ हजार ६९२ वटा स्लाइड परीक्षण गर्दा ३१ वटामा क्षयरोग पुष्टि भएको छ । पोजेटिभ संख्याका आधारमा बनेपा नगरपालिका पहिलो स्थानमा रहेको छ । मण्डनदेउपुर नगरपालिकामा ५४८ वटा परीक्षण गर्दा ३ वटा, पनौती नगरपालिकामा ३०९ वटा परीक्षण गर्दा ३ वटा र भुम्लु गाउँपालिकामा १ हजार ४३२ वटा परीक्षण गर्दा २ वटा स्लाइड पोजेटिभ देखिएका छन् । पाँचखाल नगरपालिकामा ७३९ वटा परीक्षण गर्दा १ वटा पोजेटिभ देखिएको छ ।
    त्यस्तै, चौँरीदेउराली, तेमाल, नमोबुद्ध, बेथानचोक र महाभारत गाउँपालिकाका साथै खानीखोला गाउँपालिकामा गरिएको परीक्षणमा पोजेटिभ नतिजा देखिएको छैन । रोशी गाउँपालिकाको परीक्षण संख्या उपलब्ध छैन । क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण, संक्रमित बिरामीको उपचार तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि महत्वपूर्ण छन् । स्थानीय तहमा परीक्षणको पहुँच विस्तार र सक्रिय बिरामी खोजपडताललाई निरन्तरता दिन आवश्यक छ ।