2019 December 09/ 05:05: 45am

प्रकाश आचार्य
विद्यार्थी नेता
काभ्रे बहुमुखी क्याम्पस बनेपा
इन्द्रावति गाउँपालिका सिन्धुपाल्चोक

१) दैनिकी कसरी बित्दैछ ?
पढाई र कार्यालयको काममा ब्यस्त छु, लोकसेवाको तयारी पनि गरि रहेको छु यसरी नै बित्दैछ ।
२) नेपालको शिक्षाको अवस्था किन खस्कँदो हो ?
आजभोलिका पुस्ताहरु पढाई भन्दा बढी सामाजिक सञ्जाल तिर बढी लाग्ने भएकाले गर्दा पनि शिक्षाको अवस्था खस्कदो छ ।
३) सामाजिक सञ्जालमा युवाहरुको बढ्दो लगाव चाहि किन होला ?
सामाजिक सञ्जाल यतो प्रविधि हो जुन आज हामी विश्वमा भएका सम्पूर्ण समाचारहरु थाहा पाउँछौ । युवाहरू परिवर्तन चाहन्छन् त्यसैले नि सामाजिक सञ्जालतिर लगाव बढ्दो छ । र केही प्रतिशत युवाहरूको चै लत नै सामाजिक सन्जाल भयकोले गर्दा समाजमा बिकृति आउने हो कि भने चिन्ता छ ।
४) तपाईं इन्टरनेट कत्तिको प्रयोग गर्नुहुन्छ ? के कुराका लागि इन्टरनेट चलाउनुहुन्छ ?
म ईन्टरनेटको प्रयोग समय मिलाएर दैनिक २ घन्टा प्रयोग गर्छु । ईन्टरनेटको प्रयोग गर्दा म प्राय विश्वमा भएका घटना र समाचार हेर्न र नयाँ नयाँ प्रविधिहरुको बारेमा ज्ञान लिन प्रयोग गर्छु र साथी भाइहरुसँग बोल्न पनि ।
५) विद्यार्थी जीवनमा राजनीति जरुरी छ ? विद्यार्थीले राजनीति बुझ्ने हो कि गर्ने हो ?
जरुरी छ । किनभने राजनीति नराम्रो होईन बरु राजनीति गर्ने ब्यक्तिहरुको आचरण खराब भएको कारणले राजनीति नराम्रो बन्न पुगेको छ नेपालको सन्दर्भमा । विद्यार्थीले राजनीति बुझ्ने हो र राजनीति गर्ने पनि हो तर सबै विद्यार्थीले होईन । देशको लागि केही गर्छु भन्ने विद्यार्थीले राजनीति गर्ने हो ।
६) युवा पिढी देशको अवस्था देखेर निराश किन होला ?
आज भोलिका युवा जे कुरा पनि छिट्टै चाहन्छन् धैर्य गर्ने बानी नभएको कारणले गर्दा पनि देशको अवस्था देखेर निराश भएका छन् । युवा पिढी पनि देश बिकास र परिवर्तन चाहने हो भने आ आफ्नो क्षेत्रबाट परिवर्तन गर्नु जरुरी छ । निराश हुनु पर्दैन हामै्र पालाम नै देशमा परिवर्तन र समृद्धि हुनेछ ।
७) राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ? तपाईलाइ मनपर्ने नेता को हो ?
धेरै रुचि छ । राजनीति भनेको देश परिवर्तन गर्ने र समृद्धि हासिल गर्ने एउटा तत्व हो । देश परिवर्तन हुने कुरामा त रुचि हुनै प¥यो नि ।  मलाई मन पर्ने नेता हालका प्रधानमन्त्री केपि शर्मा ओलि ।
८) युवा पिढिलाइ देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने लाग्छ ?
युवा पिढी ले आ–आफ्नो ठाउँ र क्षेत्रबाट आफुले गर्न सक्ने राम्रा कामहरू गर्न सकेको खण्डमा देश निर्माण मा जोड्न सकिन्छ । प्रायजसो युवाहरु आफू काम नगर्ने र खाली नेताहरुलाई गाली गर्ने बानीको पनि अन्त हुनुपर्छ ।
९) सेलिब्रेटिहरुको प्रेम किन सधै चर्चामा हुन्छ ? प्रेममा सेक्स जरुरी छ ?
सेलिब्रेटिहरुलाई प्रायजसो सबैले चिन्ने हुँदा उनीहरुको प्रेम सधै चर्चामा हुन्छ जस्तो लाग्छ । मेरो बिचारमा सबै प्रेममा सेक्स जरुरी छैन ।
१०) अन्त्यमा............
देश बिकास र परिवर्तन तीब्र रुपमा हुँदै छ । सबै युवाहरुलाई के भन्न चाहन्छु भने आ आफ्नो ठाउँ र क्षेत्रबाट राम्रा राम्रा कामहरु गर्दै जानुस् निराश हुनुपर्ने छैन ।