2019 April 22/ 12:03: 46am

कुन्दन ढुङ्गाना
प्रोपाइटर फ्रेन्डशिप मोबाइल कियर


१) कत्तिको ब्यस्त छ दैनिकी ?
ब्यस्त नै भइन्छ बिहान देखि पसलको काममा व्यस्त रहन्छु । फुर्सदमा साथीभाइ यस्तै नै छ ।
२) मोबाइल फोनको बिक्री गर्न कत्तिको सहज छ ? ग्राहकले कस्ता मोबाइलमा रुची ज्यादा गर्छन ?
सोचे जति सहज त कहाँ हुनु र दिनदिनै नया प्रबिधी र कम्पनी आएका छन । ग्राहकहरुको रोजाइ त प्राय स्मार्ट फोनमा केन्द्रित देखिन्छ ।
३) मोबाइल फोन बिक्री र मर्मत कुन ठिक ? मोबाइल कम्पनिले भने जस्तो सहज सुबिधा दिन्छन त ?
बिक्रि भन्दा मर्मत काम गर्न र कमाइका हिसाबले पनि ठिक ।  लगभग कम्पनीले दिने भनेका सेवा सुबिधा अफर अनुसारको दिन्छन नै ।
४) मोबाइल किन्नेहरुले मोबाइलका अन्य फङ्सन भन्दा ज्यादा क्यामेराको क्वालिटिमा ध्यान दिन्छन नि किन होला ?
आजभोलि सेल्फी क्रेज बढ्दो भएर पनि होला । साथै टिकटक र फोटो कलेक्सनका कारण पनि युवा पिढी क्यामेरामा केन्द्रित भएको देखिन्छ ।
५) नेपालमा ब्यवसाय गर्न कत्तिको सहज छ ?
नेपालमा ब्यवसाय अचम्मै गाह्रो त हैन तर सोचे जति सहज भने पक्कै पनि छैन ।
६) तपाइको भावि योजना के छ ?
भावी योजना अन्य भन्दा पनि यहि ब्यवसायलाई ब्यवस्थित र बिस्तारित गर्ने सोचाइ छ । समयानुकूल ब्यवसाय गर्न मन छ ।
७) युवाहरु बिदेशिने क्रम बढ्दो छ ? नेपालमै काम गर्न किन गाह्रो भएको होला ?
मुख्य कुरा युवाहरु काम गर्न लजाउछन । काम ठुलो सानो सोच्छन् मेहनत गर्न रुचाउदैनन् र अर्को कुरा आफ्नो लगानीको सुरक्षा देख्दैनन् र सरकारले युवा स्वरोजगारको अहिलेसम्म राम्रो कदम चालेको छैन त्यसैले नेपालमा काम गर्न गाह्रो छ ।
८) अब भावी दिनमा के कस्ता क्षेत्रमा ब्यवसाय गर्दा राम्रो होला ? नेपाल बिकासका लागि राज्यले के कस्ता क्षेत्रमा लगानी गर्दा राम्रो होला ?
अबको ब्यवसाय भनेको प्राबिधिक क्षेत्रको हो । अबको लगानी शैक्षिक देखि ब्यवसायिक रुपमा प्राबिधिक क्षेत्रमा गर्नु राम्रो हुन्छ । साथै नेपालमा पर्यटनको पनि सम्भावना छ ।
९) युवा उमेरमा हुने माया प्रेम आकर्षण हो भनिन्छ किन होला ?
आज सम्म प्रेममा पारिएन अनि यो बारे त्यति ज्ञान पनि छैन ।
१०) अन्त्यमा...............
युवा बर्गलाइ सीप सिकौ देशमै केही गरौं भन्न चाहान्छु । अन्तमा पत्रीका परिवारलाइ धन्यबाद ।