2019 May 23/ 06:50: 54am

सुदिपराज रेग्मी (भुतुङ्गे बा)
हाँस्य कलाकार

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
आजभोलिका दिनहरु विभिन्न सर्टमुभी म्युजिक भिडियो कमेडी सिरियल सडक नाटक स्टेज प्रोग्रामहरु गर्दैमा दिनहरु बित्दै छ ।
२) कलाकारितामा किन लाग्नुभयो ?
सानैदेखि चञ्चले बानी थियो विभिन्न भिडियोहरु हेर्थे र म पनि पछि गएर कलाकार बन्छु भन्ने सोच थियो अनि यहीं पेसालाई अङ्गाले ।
३) कलाकारितामा चर्चा पाउन मान्छे किन लालायित हुन्छ ?
यो मान्छेको एउटा सोख हो कलाकारितालाई सबैले बुझेर आएको हुदैनन् ।
४) कलाकारितामा अरु क्षेत्रमा भन्दा धेरै मेहेनत चाहिने हो ?
हो कलाकारीताले मात्र खान पुग्दैन किनकी नेपालमा कलाकारको स्कोप छैन त्यसैले मेहेनत गर्नुपर्छ ।
५) तपाईले बुझेको कलाकारिता कस्तो हो ? कलाकारिताले बाँच्न सहज छ ?
मैले बुझेको कलाकार भेनेको राष्ट्रका गहना हुन् कलाकारिताले मात्र खान पुग्दैन यो भनेको वैकल्पिक काम हो ।
६) राजनीतिमा कत्तिको रुची छ ? कलाकारले राजनीति गरेको किन मन पराइदैन ?
मलाई राजनीतिमा रुची लाग्दैन । अनि मलाई राजनीति मन पनि पर्दैन । मलाई राजनीतिको बारेमा केही थाहा छैन ।
७) नेपालमा युवाहरु किन निराश छन् ?
पहिलो कुरा त हाम्रो नेपालमा कुनै रोजगार छैन र कयौं युवाहरु विदेशिनु परेको छ त्यसैले निराश छन् यहाँका युवा । ८) भविश्यको सपना के हो ? त्यसका आधार कसरी बनाउदै हुनुहुन्छ ?
भबिस्यका सपना भन्नाले आफ्नै देश नेपालमै बसेर केही गर्छु र एकदिन कलाकारीतालाई बिश्वसामु चिनाउने सोच छ अहिले यहि कलाकारीतामै व्यस्त छु ।
९) प्रेम र आकर्षणमा के फरक छ ? फ्यान फलोअर कत्तिको छन् ?
प्रेम र आकर्षणमा खासै फरक छैन त्यो हेर्ने नजर फरक हो । फ्यानहरु त धेरै हुनुहुन्छ ।
१०) अन्त्यमा
अन्त्यमा चेस्टा साप्ताहिक परिवारलाई धन्यवाद दिन चाहन्छु मेरो केही बिचार राख्ने मौका दिनुभयो अनि सबै दर्शक महानुभाबहरुलाइ मेरो भिडियो हेरेर सल्लाह सुझाव साथ सपोर्ट गरिदिनुहोला आगामी दिनहरुमा अझै राम्रो गर्ने छु धन्यवाद ।