2019 August 19/ 12:25: 52pm

नृपेश वादे
युवा नेता, बनेपा, काभ्रे

१) आजभोली कत्तिको ब्यस्त हुनुहुन्छ ?
व्यस्तै छु आजभोलि । नेबिसंघ काभ्रेको अध्यक्ष भए पछिको थप जिम्मेवारी र सँगसँगै आफ्नै पुरानो होटेल व्यवसायलाई थप परिमर्जित गरि अगाडि बढाइरहेको छु ।
२) नेबिसंघको स्वबियु चुनाबको तयारी शुरु भयो ?
हाम्रो तयारी चुनाव मुखी मात्रै छैन । हामी हाम्रो सङ्गठन बिस्तार देखि अन्य कार्यक्रमका लागि अगाडि देखी नै सक्रिय छौ । त्यसैले हाललाई चुनावको केहि प्रारम्भिक तयारी मात्रै भएको छ ।
३) आम बिद्यार्थी नेबिसंघमा नै किन लाग्ने ?
देशकै सबैभन्दा पुरानो बिद्यार्थी संगठन हो नेबिसंघ । हामी प्रजातान्त्रिक बिचार धारालाई आत्मासाथ गर्दै सबै बर्गका बिध्यार्थीको हक हितका लागि लड्दै आइरहेका छौ । तेसैले बिद्यार्थीको दुःखको छहारी नै नेबिसङ हो ।
४) स्वबियु निर्वाचन समयमै हुनेमा कत्तिको बिश्वास छ ? काभ्रे जिल्लामा बिगतको सफलतालाई कायम राख्न कस्तो योजना छ तपाइको ?
बिगतलाई हेर्ने हो भने यो पटक पनि चुनाव तोकिएकै समयमा हुनेमा भने केही संख्या छ तथापि हामी पनि चुनाब तोकिएकै समयमा हुनु पर्ने मागमा छौ । र काभ्रे जिल्लामा बिगतको सफलतामा कुनै आँच आउने छैन अझै बढी क्याम्पसहरु समेत हामीले जित्नेमा हामी ढुक्क छौ ।
५) नेबिसंघ यतिबेला आन्दोलनमा छ । आन्दोलन किन ? सरकार निरंकुश भएकै हो त ?
नेबिसङ सधै सत्यको बाटोलाई अबलम्बन गर्छ । आफ्नै पार्टी सरकारमा हुँदा समेत पनि आम जनमानसलाई सरकार ले गरेको अन्याय विरुद्ध नेबिसंघले आवाज उठाउदै सडक अन्दोलन समेत गरेको थियोे । हो अहिले त झन सरकार ले दुई तिहाइको दम्ब देखाउदै आफू खुसी कार्यकर्ता पोस्ने र भ्रष्टाचारी र अपराधीलाई संरक्षन गर्ने कार्ये गरिरहेको हुँदा त्यसको विरुद्धमा हामी उत्रिएका हौं ।
६) एकथरी युवा जमात राजनीतिक बितृष्णामा छ । आखिर राजनीतिमा युवाको सहभागिता किन जरुरी हो ?
हो सबै युवाहरुलाई राजनीतिले आकर्षण गर्न सकेको छैन । कारण त्यहि पुरानो सोचाइ । राजनीति भनेको फोहरी खेल हो । र अर्को कुरा पुरानो पुस्ताले नयाँ पुस्तालाई उचित स्थान दिन नसक्दा पनि युवाहरु राजनीतिमा आकर्षित हुन नसकेका हुन् ।  देशको आमूल परिवर्तनका लागि युवाहरु को सबै छेत्रमा भुमिका हुन्छ र राजनितिमा त झन् हुन्छ ।
७) तपाईं राजनीतिमा सकृय कसरी हुनुभयो ? राजनीतिमा आदर्श ब्यक्ति कसलाई मान्नु हुन्छ ?
परिवारिक पृष्ठभुमी पनि राजनीती तिरै छ । कलिलो उमेर देखि नै राजनितिक व्यक्तिहरुसगँको उठबस अनि आफू बिध्यार्थी हुँदा भोगेका समस्याहरु र देखेका समस्याहरु को समाधानका निमित्त म राज्नितीमा सकृय हुन पुगे ।
म राजनीतिमा नेपालि काङ्ग्रेसमा नेता गगन थापाबाट धेरै नै प्रभावित छु ।
८) देश निर्माण गर्ने ताकत राख्ने आधा जनशक्ती बिदेशमा छ तर तपाईंहरु युवा देश निर्माण गर्ने आधार हुन भन्नू हुन्छ तालमेल त मिलेन नि !
हो। लाखौं युवाहरु यतिखेर बिदेशमा छन् । यो हाम्रो लागि दुर्भाग्य हो । हामी त सधै तेहि अडानमा छौ कि कोहि पनि नेपाली बिदेशिन नपरोस् । सबैको रोजगारीको ग्यारेन्टी सरकारले लिनु पर्छ।र सबै युवालाई स्वदेस फर्काएर देश बिकासमा लगाउनु पर्छ ।
९) राजनीतिमा किन आफ्नै आफ्नै बिचमा अबिश्वास रहन्छ ?
अबिस्वास राजनिती मात्रै होइन यहाँ अरु क्षेत्रमा पनि उतिनै छ । साथीभाइ मिलेर गरेको काम मै हेर्नुस त्या एक अर्कामा कहि न कतै अबिस्वास भयकै हुन्छ । तेसैले राजनीतिमा मात्रै भन्न चाहिँ नमिल्ला कि ।
१०)  अन्त्यमा........
अन्त्यमा नेबिसंघ प्रति जुन बिश्वास र भरोसा आम बिद्यार्थीको छ । त्यो भरोसा हामी तोडने छैनौ । आम बिद्यार्थीलाई पनि हामी नेबिसंघमा हार्दिक स्वागत गर्दछौं । हामी कुरा भन्दा पनि काममा बिश्वास गर्दछौं र चेष्टाले सधै नै मलाई र हाम्रो संगठनलाई उचित स्थान र साथ दिदै आएको छ । त्यसको लागि धेरै धेरै धन्यवाद ।।