2019 April 22/ 12:04: 14am

राजु न्यौपाने
गितार शिक्षक, रागिनी संगीत पाठशाला
बनेपा

१) दैनिकी कत्तिको ब्यस्त छ ?
ब्यस्तता ठिकै छ भन्नु पर्छ । म संगितमा रुचि राख्ने मान्छे परे त्यसैले रागिनी संगित पाठशालामा गितार सिकाउछु र साँझपख लाइभ म्युजिकहरुमा समय बिताउने गर्दछु ।
२) संगीत सिक्न गाह्रो कि सिकाउन ? एउटा मान्छे संगितमा पर्फेक्ट हुन सक्छ कि सक्दैन ?
संगित सिक्न र सिकाउन दुबै गाह्रो पनि छ र सजिलो पनि । मुख्य कुरा भित्री मनदेखी चाहना हुनु पर्यो । जो सँग इच्छा शक्ति छ उसले सिक्दा भोक मेटेको ठान्छ र सिकाउँदा अरुको भोक मेटाएको ठान्दछ त्यसैले सहजै मान्नुपर्छ । पुर्ण त को कुन बिधामा होला र संगित एउटा भाषा हो हामी जन्मेदेखि बोलेको भाषामा त निपुर्ण छैनौ । संगीतमा ब्यवसायिक र जान्ने सम्म भन्न मिल्छ ।
३) नेपालीहरु अरु जस्तै संगीतमा पनि रहरमा लाग्छन् र बिस्तारै हराउँछन भनिन्छ नि ! यस्तो किन हुन्छ होला ?
रहर र चाहाना फरक कुरा हो । भोक नै नलागी खाएको खानाको के मज्जा र । बाँकी कुरा त समाज आफ्नो र परिवारको अवस्था अनेकले असर गर्न सक्छ । बाध्यताले निरन्तरता दिन नसक्दा सम्भावना बोकेका ब्यक्तिहरु पनि पलाएन भएको चाहिँ प्रसस्तै उदाहरण छन् ।
४) नेपाली संगीतमा स्थापित हुन कत्तिको गाह्रो छ ? धेरै होलान है संघर्षमै बिलाउनेहरु !
यो आफ्नो भोक मेटेर नहुने कुरा हो संगितमा श्रोता दर्शकले चाहेको टेस्ट दिन सक्नुपर्छ । यसमा निरन्तरता र दर्शक श्रोताको रोजाइ बुझ्न सके स्थापित हुन पनि सकिन्छ । आउने जाने हराउने त चलिनै रहन्छ नि ।
५) तपाईं चाहिँ कस्ता खाले गीत गाउन मनपराउनु हुन्छ ? कस्को प्रेरणाबाट म्युजिकमा लाग्नु भयो ?
ब्यक्तिगत रुचि चाहिँ पप गीतहरुनै मनपर्छ । सबैखाले गीत मनपर्छन् । म रेस्टुराँ पबहरुमा गाउँदा फरक ब्यक्तिको फरक रोजाइ रहन्छ र म संगित सिकाउने पनि गर्छु जस्का लागि पनि सबै खाले संगित र गीतहरुको जानकारी राख्नु पर्छ । प्रेरणाकै कुरा गर्दा पनि पहिलो ममि अनि संगितमा अरुणा लामा, तारा देवी लगायत थुप्रै हुनुहुन्छ ।
६) सबैको आशा मिडिया कभरेज, स्टेज तथा महोत्सब साथै बिदेश भ्रमण हुने गर्छ । यस्ता अवसर कसरी प्राप्त हुने गर्दछ ?
खासमा गीतै गाएर बाँच्न गाह्रो छ । एउटा नयाँ गीत बजारमा ल्याउन अडियो भिडियो गर्दा ठुलै खर्च भै सक्छ । लगानी भै रहने तर कमाइ नहुने हुदा दर्शक श्रोता संग प्रत्यक्ष पुगिने र केहि आर्थिक लाभ पनि हुने हुँदा महोत्सब स्टेज र बिदेश मोह सामान्य हो । तर मिडिया देखि सबै तिर स्थान पाउन चाहिँ त्यत्ती सहज भने छैन । पैसा र पहुँच अनि चिनजान नै मुख्य आधार हो कैले काहीँ संगितको उचाइले पनि त्यस्ता अवसर जुटाइदिने गर्दछ ।
७) नेपालमा युवाहरु हरेक क्षेत्रमा निराशा ज्यादा छ भन्छन नि ! म्युजिकमा के छ ?
खास म्युजिकको बिशेषता भनौ या अरु केहि जब निराशा छाउँछ तब म्युजिकले साथ दिन्छ । तर निराश हुदा संगीत साथी भए पनि संगीतबाटै निराश हुदा धेरैले यो पेशा र क्षेत्रलाइ छाडेका छन । त्यो चाहिँ दुखद् कुरा हो ।
८) नयाँ नयाँ संगितको सृजना कसरी हुन्छ ? दर्शक श्रोताले मन कसरी बुझ्ने ?
संगित सृजना मुख्य साधनाले हुन्छ । निरन्तरताले र रुचिले हुने गर्दछ । तर कहिले काहीँ भने समय परिस्थिती परिवेश र भोगाइले पनि संगितको सृजना हुन सक्छ । दर्शक श्रोताको चाहाना बुझ्नका लागि आफ्नो सृजना तयार गर्दा आफू पनि एउटा श्रोता बनेर मुल्यांकन गर्न जरुरी छ । जो राम्रो स्रोता पनि हो उसैले बुझ्छ दर्शक श्रोताको मनको संगीत ।
९) यो क्षेत्रमा लाग्नेहरुलाई त केटिहरुले खुब पछ्याउछन् भनिन्छ नि ! प्रेम र प्रेमिकाको अनुभव र लिस्ट लामै होला है ?
सामान्य कुरा हो । यसलाइ हैन भन्नै मिल्दैन तर आकर्षण हुनु एउटा पाटो हामी पनि आकर्षित हुनु अर्को पाटो त्यसैले आउने आउदै गर्छन् सहि गलत आफैले छुट्टाउन सक्नु पर्छ । मेरो पहिलो प्रेम करियर हो र दोश्रो कुरा माय प्रेम त्यसैले माया प्रेम भन्दा अलिक टाढानै बस्ने गरेको छु ।
१०) र अन्त्यमा..........
अन्त्यमा मेरो भनाइ राख्ने अवसरका लागि धेरै धेरै धन्यबाद । हामी जस्ता संगीतमा संघर्ष गर्दै गरेकाहरुलाइ यस्तो अबसरले ठूलो हौसला मिल्ने गर्दछ । सबैमा नेपाली संगीतलाइ माया गर्दिनुहोला भन्दै फेरि पनि यो स्थानका लागि धन्यबाद भन्न चाहान्छु ।