2019 January 19/ 08:00: 45pm

एलिसा तिमल्सिना 
बनेपा

१) आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?
आजभोलिको दैनिकी सामान्य चल्दै छ । जीवन जीउने सीप सिक्दै छु । पढ्ने र पढाउने काममा हल्का ब्यस्त छु ।

 

२) जीवन जिउन के के गर्नुपर्ने रहेछ ?
जीवन त सबैले जिएकै हुन्छन् नै तर जिवनलाई फरक र सार्थक बनाउने आफ्नो हातमा रहन्छ । आफुले आफैलाई चिन्ने र आफ्नो रुची र क्षमता भएको बिषयमा फोकस हुन सक्दा जीवन जीउन सहज हुने रैछ ।

 

३) पढाई के कसरी अगाडि बढ्दैछ ? शिक्षा किन आवस्यक ?
पढाइ ठिकै चल्दै छ । शिक्षा भनेको अन्तरिक क्षमता हो जुन मानिसको जिवनलाई सहजताका साथ जिउने हतियार हो ।

 

४) जीवनमा लक्ष्य के लिनु भएको छ ? मानिसले जीवनमा किन लक्ष्य राखेर अगाडि बढ्नु पर्छ ?
जीवनको लक्ष्य एक सफल ब्यक्ति बन्ने हो । बिना लक्ष्य हिड्नु भनेको अन्धकारको यात्रा हो । बाटो भएर मात्र हुन्न गन्तब्य प्रष्ट हुन जरुरी छ ।

 

५) इन्टरनेट कत्तिको प्रयोग गर्नुहुन्छ ? इन्टरनेटले मानिसलाई खुम्चाएको हो ?
आज भोलिको समय बिना इन्टरनेट त के सम्भव छ र तर समयको सहि सदुपयोगका लागि प्रयोग गर्नुपर्छ जस्तो लाग्छ । इन्टरनेटमा संसार र संसारमा इन्टरनेट खुम्चेकै छ ।

 

६) घुमफिर र भेटघाट कत्तिको मनपर्छ ? फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
घुम्न मन त परिनै हाल्छ तर साथीभाई संगको भेटघाट कहिले काहीँ वा विशेष अवसरमा गरिन्छ । फुर्सदको समय इन्टरनेटको प्रयोगमा बिताउने गर्दछु ।

 

७) राजनीती कत्तिको मनपर्छ ? राजनीतीमा युवा सहभागिता किन जरुरी ?
नेपालको राजनीति र नेताबाट सन्तुष्ट छैन तर राजनीतिमा रुचि चाहिँ छ । सक्षम र भिजन भएको युवाहरुको राजनीतिमा प्रवेश जरुरी छ ।

 

८) युवाहरु अध्ययन र रोजगारीका लागि बिदेशिने क्रमलाई कसरी लिनुहुन्छ ?
यो राम्रो हैन तर हर नेपाली युवाको बाध्यता हो बिदेशिनु । शिक्षा भए पनि क्षमता अनुरुपको रोजगारी छैन । रोजगारी हुदा सुरक्षित भविष्य छैन जसकारण यसलाई सामान्य रुपमा लिन्छु ।

९) प्रेमको चर्चा किन युवा अवस्थामा हुन्छ ? समाजमा किन प्रेम जोडिलाई राम्रो नजरले हेरिन्न ?
जुन कुनै कुराको महत्व उद्गम समयमा हुन्छ । युवा समयमा प्रेम सामान्य हो र चर्चा त्यही बेला हुन्छ जुन बेला हामी सँग समय हुन्छ । प्रेममा हुने जालझेलले गर्दा पनि प्रेम बदनाम हुँदै छ ।

 

१०) अन्त्यमा............
अन्त्यमा मेरो भनाइलाई स्थान दिनु भएकोमा चेष्टा साप्ताहिक परिवारलाई धन्यबाद । जीवनमा लक्ष्य कायम गरौ, सफलता हामीलाई पछ्याउने छ ।