2019 March 22/ 02:24: 42am

१) आजभोलिको दैनिकि कसरी बित्दैछ ?
आजभोली दैनिकी फ्लिम र टेलिफ्लिमको सुटिङमा बित्दै छ । विशेष गरेर टेलिभिजन कार्यक्रम को तयारी हुदैछ त्यसैले यतै ब्यस्त छु ।
२) कला क्षेत्रमा प्रवेश कसरी ?
कलाकारिता मेरो सोख हो । पहिले भिडियो छायांकनबाट मेरो कलामा प्रवेश भयो ।
३) यो क्षेत्रमा पुरुष कलाकारलाइ अवसर पाउनै गाह्रो छ भनिन्छ नि !
पुरुषबिनाको कलाकारिता त सम्भावना नै छैन तर पनि पुरुषलाई स्थापित हुन अलि गाह्रो नै छ । त्यो भनेको महिलालाई बढी प्राथमिकतामा राखेर हो ।
४) कलाकारिता गरेर पैसा कत्तिको कमाइन्छ ? दर्शकको माया ठुलो कि पारिश्रमिक ?
कलाकारितामा पहिले नाम अनि दाम भन्छन् । पारिश्रमिक बिना कलाकारिता अघि बढ्दैन । नेपाली कला जगत अति सानो जगत हो । पारिश्रमिक कम सुन्तुष्टि ज्यादा पाइन्छ ।
५) तपाइ महान कलाकार कस्लाई मान्नु हुन्छ ? को जस्तो बन्ने मन छ ?
मह जोडी जस्तै बन्न चाहन्छु । जहाँ कलाकारिता मात्रै हैन समाज परिवर्तन को संवाहक बन्न सकियोस् । समाजको रुपान्तरण मेरो लक्ष्य हो ।
६) युवावस्थामा धेरै युवाहरु चर्चाका लागि कलाकार बन्ने धुन र साना तिना भुमिकामा अल्झिएर भविश्य बिगारेको गुनासो गर्छन नि  !
पहिले स्थापित हुनु ठुलो कुरा हो । सबै कलाकार एउटै रोलमा हुन सक्दैनन्। नायक जस्तै अन्य कलाकार को नि महत्व हुन्छ । विशेष रुपले कलाकारहरूले निखार ल्याउन समय खर्चिनु नै पर्छ । म त्यही बाटोमा छु ।
७) फ्यान फलोअर त टन्नै होलान् कत्तिको हैरानी गर्छन् ?
फ्यान फलोअर्स भन्दा नि मित्र धेरै हुन्छन् । सानो पर्दामा पनि काम गरिन्छ त्यसैले फ्यानको कमि छैन ।
८) युवा जनशक्ति ठुलो संख्यामा फिल्मि दुनियाँमा छन । मनोरञ्जन किन आवस्यक मानिसका लागि ?
पछिल्लो समयमा कलाकारको संख्या बढी रहेको छ । म त बेरोजगार भएर पनि युवा भौतारिएको होला जस्तो लाग्छ। अर्को भनेको युवालाई कलाको सम्मानमा उजागर गराउन आवश्यक छ । मिडियामा आउन कु हर्कत गर्ने कम छैनन् । मनोरञ्जन अनि सामाजिक रुपान्तरणमा कला क्षेत्र लाग्नु आवस्यक छ । जहाँ कलाको सम्मान छ त्यहा त्यस्तो अश्लीलता हुन्न। चर्चाको लागि शरीर नांगै पार्ने, समाजलाई कुरीतिमा धकल्ने विशेष अहिले बढेको छ ।
बेड सिन खेल्ने, नाङ्गो हुने फेसन छ यो चलचित्र बिकास बोर्डले बन्द गरिदियोस् । कलाको सम्मान होस अनि कलाकारको सम्मान हुन्छ । 
९) प्रेम र रोमान्स त फिल्मि दुनियाँमा खुबै सुनिन्छ नि । यो सुनिन्छ मात्र कि हुन्छ नै त्यस्तो ?
रोमान्स बढि छ । लभ र ब्रेक–अप र रोग नै छ यो जगतमा । दुःख लाग्छ कि केही नाङ्गा कलाकारले पेसा नै कलंकित बनाईसके । यो गलत हो ।
१०) अन्त्यमा............
अति धन्यवाद चेस्टा साप्ताहिकलाई। आफ्ना भनाईलाई ब्यक्त गर्न दिनुभयो । नेपाल कला सँस्कृती अनि सँस्कारको उद्गम थलो हो त्यसैले कला अनि कलाकारको संरक्षण अनि हित गर्नु राज्यको दायित्व हो।