2019 June 27/ 04:46: 18pm

सुजन खतिवडा
कलाकार एबं निर्माता निर्देशक
खाली पाना (टेलिचलचित्र)

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
साधारण लाइफ आफ्नो अफिस अनि एउटा  टेलिचलचित्र निर्माण गर्दैछौँ हामी त्यस्तै हो भनम् ।

 

२) कलाकारितामा कसरी रस बस्यो ?
कलाकारिता भनेको आफ्नो कलालाई चित्रमा उतार्ने काम हो। मेरो कलकारिता प्रतिको झुकावले नै मलाई यसप्रतिको रस बस्यो ।

 

३) यो क्षेत्रमा आउन मरिहत्ते गर्छन् तर बिस्तारै बिलाउँछन् किन होला ?
एक्दमै ठिक भन्नुभयो यो क्षेत्रमा आउन मान्छे मरिहत्ते गर्छन् के के न होला भन्ने सोचेर आएको हुन्छन् मान्छे तर निरन्तरता दिन सक्दैनन् पछि संघर्ष गर्न नसक्नेमान्छेहरु चाहिँ हराउँछन्

 

४) खाली पाना कस्तो सिरियल हो ? कहिलेबाट पर्दामा हेर्न सकिन्छ ?
खाली पाना एक सामाजिक टेलिचलचित्र हो । यो हामी सुरो (क्ग्च्इ) जोडीद्वारा निर्माण हुँदै छ । अब अझै २ महिना त लाग्छ ।

 

५) कसरी जु¥यो खाली पाना ? सिरियल तयार गर्न कत्तिको सहज छ ?
खाली पाना च्यजष्त म्बलनब िसर अनि म बसेर धेरै नामहरु सोच्यौं अनि खाली पाना नै राख्ने हाम्रो सल्लाह भयो । सिरियल बनाउन हामीले सोचे जस्तो सजिलो छैन । हरेक तरिकाले गाह्रै छ तर पनि संघर्ष गर्ने नै हो भनेर हिडेका छौँ

 

६) निर्माताहरुले कलाकारलाई आस्वासन दिने, अवसरका लागि पैसा र गलत नियत लिने गर्छन् भनिन्छ नि !
त्यो चाहिँ अब सोच्ने मान्छेमा पनि भर पर्छ । खालीपानामा यो लागू हुँदैन ।

 

७) दर्शकले सामाजिक कथा र प्रेम कथा कुन ज्यादा रुचाउँछन् ? किन ?
सामाजिक कथा नै धेरै रुचाउँछन् किनकि सामाजिक कथा भित्र प्रेम, हाँसो, रोदन सबै हुन्छ र मान्छेले त्यसमा आफुलाई समर्पित गरेर अनुभव गर्न सक्छ ।

 

८) नेपालमा युवाहरु निरास देखिन्छन् किन होला ?
युवाहरू निरास देखिनुको कारण युवा आफैंको कारण हो । जोस हुनुपर्छ जाँगर हुनुपर्छ । हेर्नुस् युवाहरुले केही गर्ने आँट नै गर्दैनन् आजभोलि ।

 

९) प्रेममा आकर्षण किन हुन्छ होला ?
प्रेममा आकर्षण हुनु सामान्य कुरा हो । यो प्राकृतिक कुरा हो । जवानीमा विपरीत लिङ्गीप्रति आकर्षण बढ्नुलाई कुन कुनै कारण नै चाहिँदैन ।

 

१०) अन्त्यमा...............
मलाई केही शब्द राख्ने मौका दिनु भएकोमा चेस्टा परिवारलाई धन्यवाद । सुरो जोडीले निर्माण गर्न लागेको खाली पाना छिट्टै टेलिभिजनबाट ल्याउने प्रयास गर्दै छौँ । सम्पुर्ण दर्शकले माया गर्दिनु हुनेछ भन्ने आस पनि छ र अरु त के भन्नू सुरो जोडीको तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद ।