2024 April 26/ 10:57: 56pm

केदार न्यौपाने
धुलिखेल काभ्रे
हाल काठमाण्डौ नयाँ बानेश्वर

१) दैनिकी कसरी बित्दै छ ?
व्यापार ब्याबसायमा घुमफिर गर्दै, नयाँ म्युजिक भिडियोको तयारी, शास्त्रीय सँगीत सिक्दै यसरी नै चल्दै छ जिन्दगी ।
२) व्यवसायका लागि घुमफिर कि अन्य केही ?
ब्यबसायको साथसाथै कलाकारिताकोे लागि पनि घुमफिर गरि राखेको हुन्छु धेरै सुटिङहरु हुन्छन् बिदाको समय निकालेर सुटिङको लागि तय गरेको  हुन्छु ।
३) ब्यवसाय र कलकारिता एकसाथ कसरी सम्भव छ ?
कलाकारिता एउटा पाटो ब्याबसाय अर्काे पाटो हो । ब्यबसाय मिलायर लानु पर्छ ब्यबसाय बिना कलाकारिता गर्न अलि गाह्रो छ तर कलाकारिता मन भित्र देखि नै चासोको बिषय भएकाले सम्भव छ ।
४) नेपालमा कलाकारितामा संघर्ष गर्ने पुरुषको संख्या ज्यादा देखिन्छ नि किन होला ?
कलाकारितामा लाग्दा आफ्नो नाम  र इज्जतका साथसाथ समाजले हेर्ने नजरमा पोजेटिभ प्रतिक्रिया भयकाले पुरुषहरु संघर्ष गरिराखेका हुन्छन् ।
५) जीवन निर्वाहका लागि कलाकारिताबाट सम्भव छ ?
हामीजस्ता कलाकारिता पेशामा भर्खर बामे सरेका कलाकारलाई अलि गाह्रो छ तर कलाकारिताबाट जीवन निर्वाह साह्रै सजिलो हुन्छ ।
६) जीवनको लक्ष्य के बोक्नु भएको छ ?
एउटा कुशल ब्यक्तित्व कलाकारिता पेशाबाट समाजमा घटेका नराम्रा बिसङ्गतिलाई चिरफार गरदै आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्य राखेको छु ।
७) युवा जमात रोजगारीका लागि बिदेशिने क्रम बढ्दो छ यो रोक्न सकिएला ?
एक त देखासिखीले गर्दा बिदेशियका छन् यसमा पनि हाम्रो देशमा रोजगारीको ग्यारेन्टि छैन कलकारखाना बन्द छन् अब आर्थिक क्रान्ति गरेर बन्द भएका सबै कारखानाहरु खुलाएर त्यसमा रोजगारी दिलाएर रोक्न सकिन्छ ।
८) अब देश बन्छ भन्नेमा कत्तिको बिश्वास छ ?
राजनीतिक समस्याको हल हुँदैछ म पूर्ण रुपमा देश बन्छ भन्ने कुरामा ढुक्क छु ।
९) सम्बन्ध टिकाउन जिम्मेवार को हो ? कसरी ?
एक आपसमा बिश्वास भएन भने कुनै पनि सम्बन्ध टिक्दैन । सम्बन्ध टिकाउन दुवैजना जिम्मेवारी हुनुपर्छ ।
१०) अन्त्यमा
आफ्नो भनाइ चेष्टा पत्रिका मार्फत सम्पूर्ण पाठक बर्गमा पु-र्याइ दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु । यस पत्रिकाले म जस्ता युवावर्गलाई समेट्न सकोस् भन्दै चेष्टा अझै सफलताको बाटोमा लागोस भन्न चाहन्छु ।