2018 November 19/ 09:32: 21am

संजिब जंग राना 
विद्यार्थी CA
गुरुकुल बागबजार

१) दैनिकी कसरी बित्दैछ ?
दैनिकी सामान्यनै भन्नुपर्छ । विशेषगरी पढाइ र साथीभाइ भेटघाटमै ब्यस्त रहन्छु ।


२) पढाईलाई दैनिक कति समय छुट्टाउनु हुन्छ ?
खासमा म सिए गर्दैछु । अलिक समय दिनैपर्छ । मिहिनेत नगरे त कहाँ सिए बन्न सकिन्छ र ।


३) सिए नै किन ? अरु फ्याकल्टी पनि त छन नि !
दिमागको भुत र सपना पहिले एउटा हस्ताक्षरको महत्व ठुलो रैछ भन्ने लागेर, पढ्दै जाँदा, हस्ताक्षर संगै यसको वास्तविकताले झनै आकर्षित गर्यो । सामान्य बिषय भन्दा यसको महत्व र जटिलता झनै छ ।


४) पढ्दा पढ्दा दिक्क लागेर सिए पढ्नै छाड्दिम जस्तो लाग्दैन ?
कहिले काहि हरेक कुरामा त्यस्तो सोच आउनु सामान्य हो । तर मैले कैले पनि सिएको बिकल्प सोचिन त्यसैले मलाई सिए बन्नु नै छ र बन्नेछु ।

 

५) जीवनमा ब्यवसायी बन्ने कि ब्यवसायीलाई सघाउने ?
म ब्यवासायी बन्नु भन्दा पनि ब्यवसायीको सहयात्री बन्ने र ब्यवसाय प्रबद्र्धन गर्न सहयोगी हुने भन्ने हो ।

 

६) तपाईको जीवनका सौखहरु के हुन् ?
म म्युजिकको सौखिन छु । मलाइ गितार बजाउन र गित गाउन अत्यन्तै मनपर्छ । साथीभाइको जमघटमा म सधै गीतारको साथमा संगीतमा रम्ने गर्दछु ।

 

७) आजभोलिका युवा पिँढी बिदेश जान मात्र आतुर देखिन्छन् तपाईलाई त्यस्तो सोच आउदैन र ?
मेरो बिदेश जाने सोच त छ तर घुम्न र त्यहाँका बिकास, ब्यवसाय र ब्यवस्थापन हेर्न जुन कुरा सिकेर नेपालमा थप केहि योगदान दिन सकँु ।

 

८) देश द्रुत गतिमा बिकास नहुनुमा को दोषी छन् जस्तो लाग्छ ?
नेपालका नेताहरु साथै हामी आम नेपाली पनि । नेताहरु आश्वासन दिइरहने हामी पत्याइ रहने अनि हामी पनि हाम्रो दायित्व पुरा नगर्ने । सबै मिले देश बिकास अवश्य सम्भव छ ।

 

९) प्रेम किन हुन्छ ? प्रेम टिकाई राख्न के गर्नुपर्ला ?
प्रेम आत्मीयता हो । आकर्षण र प्रेम फरक कुरा हो । जसले प्रेम गर्छ त्यसले प्रेम टिकाई राख्नै पर्दैन आफै दिगो रहन्छ ।

 

१०) र अन्त्यमा...............
हामी सबैले हाम्रो आफ्नो कर्तब्य पुरा गरौं देश आफैं बन्नेछ । आफु बन्नलाई साँघुरो घेरा हैन आफ्नो सोच बदलौं तपाइको जिन्दगी अवश्य बदलिने छ ।