2024 May 05/ 08:48: 35pm

    परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एक अर्काको जीवनसाथी हुन पाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ । जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एक अर्काको साथ र हौसलाले सजिलै पार गर्न सफल भएका छांै । समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मज्जा नै बेग्लै । राजधानीको बसाईमा उहाँ भाडाको ट्याक्सी चलाउनु हुन्छ । म तरकारीको सानो पसलमा व्यस्त । यही पेशामा हाम्रो सानो परिवार धेरै खुशी र सन्तुष्ट थियो । यही पेशाले हामीलाई गाँस, वास र कपास दिएको थियो । तर आज पहिलो पटक महसुस गर्न बाध्य भइरहेछु खुशीमय पारिवारिक जीवन जिउँन यति मात्र कुरा पर्याप्त नहुँदो रहेछ । देशको आर्थिक, राजनैतिक परिवेशले पनि महत्वपूर्ण भूमिका खेल्ने रहेछ । 
    सधै केहि न केहीको बहानामा भई रहने नेपाल बन्द । संघीयता र जातीय राज्यको परिणाम स्वरुप लगातार भैरहेको नेपाल बन्दले हामी दुवैले दुवै ब्यवसायमा घाटा बेहोर्न विवश भयौ । निःसन्देह । यो हाम्रो मात्र यथार्थ थिएन । सारा नेपाली जनताको यथार्थ यस्तै छ । बन्दले गर्दा त्यति धेरै तरकारी कुहिएर फाल्नु प¥यो । यत्रो दिन मेरो श्रीमान् नचाहेरै घरमा बस्नु प¥यो । के गर्नु बन्दमा पनि पसलको भाडा, ट्याक्सी भाडा र डेराको भाडा साहुलाई बुझाउनै प¥यो । डेराको भाडा समयमा बुझाउन नसक्दा घरबेटीले गर्ने ब्यवहार नै फरक थियो । सारा गनगन मेरा श्रीमानले सुन्न नपरे हुन्थ्यो भन्ने मेरो सोच सधै पुरा हुँदैन थियो । उहाँ घरबेटीले कराई रहेका बेला टुप्लुक्क आइपुग्नु भयो । सबै चुपचाप सुन्नुप¥यो । त्यतिबेला त्यसको विकल्प पनि थिएन । 
    लोकतन्त्र प्राप्ति गरेको दिन नजिकिदै छ । बैशाख ११ गतेलाई लोकतन्त्र प्राप्तीको दिन मानिन्छ । नागरिकहरुका घर घरमा खै लोकतन्त्र ? नेताहरुलाई चुल्हा चुल्हामा आएको लोकतन्त्र । पारिवारीक तन्त्र । आफन्त तन्त्र । नातावाद तन्त्र । जनतालाई रोग, भोक र शोकतन्त्र । दैनिक हजारौं युवाहरु खाँडी र युरोपियन मुलुकमा कहिल्यै नेपाल फर्कन नपरे हुन्थ्यो भन्ने सोचेर विदेशिन बाध्य छन् । माओवादीको सशस्त्र युद्धले धेरै कुरा सिकायो होला । राजतन्त्र पनि फाल्न सहयोग ग¥यो होला । एउटा राजा फालेर ल्याएको गणतन्त्रमा कति छन् राजा ? ७ सय ५३ वटा पालिकामा कति छन् वडा सरकार ? ति सबै राजा । तीन तहका सरकारका नेताहरु सबै राजा । बर्षमा एकसय भन्दा धेरै मन्त्रीहरु । राज्यले तिनीहरुको सेवा र सुविधामा खर्च गर्न अरबौं रकम कुनै उद्योग खोलेर सयौ नेपालीलाई रोजगार दिन सम्भव थिएन र ? नेपाल आत्मनिर्भर हुन सक्दैन थियो र ? 
    आज पनि मुलुक संकटमा छ । आर्थिक संकटले नागरिकहरु मर्न थालेका छन् । बेपत्ता हुन थालेका छन् । विदेशिन बाध्य भएका छन् । राज्यका निकाय सबै चुपचाप छन् । उत्पादन भए विक्री हुँदैन । उत्पादन गर्न मल विउ हुँदैन । कालोबजारीमा सबै थोक प्राप्ति हुन्छ । शहरका सटरहरु खाली छन् । खाली नभएका सटरमा विक्री हुँदैन । विक्री नभए पनि घरबेटीलाई बुझाउनु पर्ने भाडा घट्दैन । घरबेटीले हामीसँग लिएको भाडामा कर बुझाउँदैनन् । नगरपालिका र गाउँपालिकाहरु कर असुल्न सक्दैनन् । उहि हामी सोझालाई मात्रै लखेटी लखेटी कारवाही गर्छन् । सामान लुट्छन् । जरिवाना गर्छन् । नेताहरु र नेताका नजिकका ब्यक्तिहरुले जहाँ पनि अवसर पाउँछन् । जसरी पनि अवसर पाउँछन् । राज्यले घर भाडामा लगाउनेहरुलाई ब्यवस्थित, सूचिकृत र भाडा सहित करमा समावेश गर्ने हो भने मुलुकको आय आर्जन र श्रोतमा सहजता हुनेछ । १ लाख रुपैयाँमा भाडामा लगाउनेले १ हजार रुपैयाँमा भाडामा दिएको देखाउँछ । जसले जताबाट पनि राज्य र राज्यका निकायलाई ठग्ने बाहेक अर्काे कुनै काम गरेको छैन । गर्न पनि चाहँदैन । राज्यलाई ठग्न सक्नेले मात्रै नेपाली भएको गर्व सक्ने दिन आउन थालेको छ । 
    त्यतिबेलाका नेपाल बन्दका कथा धेरै छन् । भोगाई धेरै छन् । नेपाल बन्द पछि भुकम्पका सास्ति पनि छन् । त्यस लगत्तै आएको कोरोना महामारी र त्यसले पारेको प्रभावका बारेमा भनि साध्य छैन । डेंगु लगायतका संक्रमणबाट पनि नागरिकहरु संकटमा नै छन् । त्यस्तो अवस्थामा ब्यवसाय संचालन हुन सक्दैन । सकेको छैन । तर पनि दया कसैले देखाउँदैन । ब्यवसायीहरु भनेका लुटेरा हुन् । ठग हुन् । भन्ने सोच परिवर्तन हुन सकेको छैन । यस्तो गरी कमाएर राखेको सहकारीहरु भाग्न थालेका छन् । सहकारीमा राखिएको पैसा फिर्ता हुन सक्दैन । सहकारीबाट ऋण लिनेहरुले फिर्ता गर्न सकेका छैनन् । ऋण लिनेहरु नतिर्ने, तिर्न सक्ने वातावरण नबनाउने, बचत फिर्ता नगर्ने, फिर्ताको ग्यारेन्टी नगर्ने अनि मुलुकमा आर्थिक बृद्धिदर र अवस्था सुर्धाछु भनेर सम्भव छ र ? राज्यका तीनवटै निकायहरु यसमा गम्भीर हुनु आवश्यक छ । 
    त्यहि बेलाका यादहरु ताजा छन् । घरबेटीले भाडाका लागि कचकच गरे पछि उहाँको मुहार अँध्यारो देखि रहें । सुत्नु अघि कस्तरी न्यास्रो हुँदै भन्नु भयो । सानु अब नेपालमा भाडाको ट्याक्सी चलाएर काम छैन, जे भएपनि नेपाल बन्द गर्नैपर्छ भन्ने नेपालीको प्रवृतिले मार्नु मा¥यो । हामी जस्ता स्वदेशमै केही गरी खान्छु भन्नेहरुलाई कठिन छ । श्रीमती र परिवारका सदस्यहरुलाई सुख सुविधामा राख्न नसके पनि सानो तिनो कुरामा अरुले तिमीलाई होच्च्याएर भनेको दुई चार कुरा सुन्यो । म चुपचाप हेरी बस्न सक्दिनँ । म विदेश नै लाग्छु जति सक्दो छिटो विदेश गए पछि राम्रो हुन्छ कि ? भाडा तिर्न सकिन्छ कि ? हरहालतमा तिम्रो शिर उठेको हेर्न चाहन्छु । लाचार भएर तिमी झुकेको हेर्न सक्दिनँ । मैले कति सम्झाउन खोज्दा पनि उहाँले आफ्नो निर्णय बदल्नु भएन । अनेक गरी उहाँ विदेशिने प्रयत्न गर्नु भयो । आजपनि राजधानीमा ट्याक्सी चालकहरुको अवस्था उस्तै छ । अहिले त के के का नाममा नागरिकहरुलाई सेवा त दिएका छन् तर भविष्य राम्रो छैन । सुरक्षित छै्रन । त्यतिबेलाका सपनाहरु अझै पनि जिउँदै छन् । 
    हाम्रो मुटुको टुक्रा सानो छोरालाई पनि खै के भएको थियो ? विद्यालय त बन्द नै थियो । साथीहरुसँग खेल्नलाई पनि कुनै उत्सुकता देखाउँदैन । उसलाई बाध्य भएर सोधें बाबु के भो ? कसैसँग झगडा भो तिम्रो ? खेल्न नजाने साथीहरुसंँग ? रुन्चे स्वरमा जवाफ दियो उसले, नाइँ मलाई कसैसँग खेल्न जानु छैन । तिमी अर्कै थर र जातको सन्तान भएकाले हामीसँग खेल्न मिल्दैन । हाम्रा बाबा आमाले अरु थर र जातका सन्तानसँग नखेल्नु, उनिहरुले दिएको नखानु भनेका छन् । उनिहरुले छोएको पानी पनि नखानु भनेको छ । साथीहरुले त्यस्तै भनेकाले मलाई उनिहरुसँग खेल्न पनि मन छैन । विद्यालय जान पनि मन छैन । सायद म त्यो विद्यालयमा पठाउने हो भने कहिल्यै विद्यालय जान्न होला ? बाबुको यस्तो जवाफ र भोगाईले मेरो मन कटक्क खायो । भएका श्रीमान् विदेश जाने तयारीमा छन् ।  सन्तानलाई साथीहरुको सानो कुराले चित्त दुःखी रहेछ । श्रीमान् घरबेटीको भाडाको कचकचले विदेश जान बाध्य छन् । घरबेटीले समेत हामी अर्काे जातको भन्ने थाहा पाएकी छैनन होला । जुन दिन बाबुका साथीहरु जस्तै घरबेटीले थर र धर्म थाहा पाउँछन त्यसदिन हामी काठमाडौमा कहाँ गएर बस्न पाउँछौ होला ? मनमा चिन्ताको ज्वाला दन्किन थाल्यो । 
    त्यो सानो बच्चाको बोलीमा, त्यो बाल मानसिकतामा यति धेरै सन्ताप आभाष गरें कि अति घृणा लागेर आयो । जसले जातीय राज्य जस्तो सोचको जन्म गरायो । छुवाछुत हटाउने नाममा जातलाई प्राथमिकतामा राख्यो । बुद्धिजीवी मानिसहरुको रोजाई समानता र एकता हुनु पर्नेमा जाती पिच्छेको भागबण्डा गर्नु पर्ने नै किन ? त्यो सानो बच्चालाई म के जवाफ दिउँ ? जबकी कोठा बाहिर निस्कनासाथ हरेकको बोली र व्यवहारमा जातीय राज्यको कुरा आउँछ । त्यहि कारण पटक पटक नेपाल बन्द भएका थिए । अहिले ईलाम लगायत कोशि प्रदेशमा देखिएको जातीय भड्काव त्यसको उदाहरण हो । सही कुरा व्यवहारमा उतार्न मान्छेलाई वर्षाै लाग्छ खराब कुराको अनुकरण र अनुशरण गर्नलाइ कति नै बेर ? श्रीमान्को विदेश जाने निर्णय र छोराको बाहिर खेल्न नजाने निर्णयले मलाई धेरै दुख्यो र गहिरो सोंचमा पारि दियो । छेउमा श्रीमान् छन् । उनि निदाईरहेको हेर्छु । अर्काे छेउमा छोरा बिचमा म छट्पटी रहेछु सन्तापमा । भविष्यको सन्तापमा । देशको र सम्पूर्ण नेपालीको भविष्यको सन्तापमा । के होला ? कस्तो होला ? भविष्य ? उनि विदेश गएर आए तर पनि सन्तुष्ट भएनन् । बाबुले अर्काे विद्यालय पढ्यो सन्तुष्ट भएन । अहिले उ पनि विदेश छ । श्रीमान् विदेश गएर फर्किएर त्यहि ट्याक्सी चलाउन थालिसकेका छन् । म तरकारी पसल चलाई नै रहेको छु । तर पनि आम्दानी हुन सक्दैन । सन्तुष्ट हुन सकिएको छैन । डेराको बसाई घरमा त स-यो । तर समस्या जस्ताको तस्तै । नेपालमा बसेर, नेपालकै अवस्था सुधारेर कहिले सहज अवस्था बनाउन सकिएला ? आफ्नो जीवन चलाउन राज्यमा भएका समस्याका कारण हरेक दिन नागरिकले ज्यान फाल्नु पर्ने अवस्था रोक्न सकिन्छ र ? 

उरिसा घिमिरे
भक्तपुर