2026 April 30/ 11:58: 37pm

उत्पादनमा बँदेल प्रमुख बाधक
    पनौती/नेपाल अलंैची ब्यवसायी महासंघ काभ्रेको दोश्रो अधिबेशन पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । 
    अधिबेशनको उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष राजकुमार कार्की, पूर्व अध्यक्ष निर्मल भट्टराई, महासचिव सुवास भट्टराई, सचिव मातृका घिमिरे, महिला सदस्य सुस्मा पाड्याल, ब्यवसायी पवनकुमार अग्रवाल, निर्यातकर्ता लिलुकुमार, उद्योग बाणिज्य संघका कुशुम दाहाल, विषय विज्ञ प्रविण मर्हजन लगायतले अलैचीको उत्पादन, विक्री र प्रयोगका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अलैचीको उत्पादन शुरु गर्ने जिल्लाका पहिलो ब्यक्ति केदार गौतम, सोमनाथ हुमागाई, कृषक महेश बञ्जारा लगायतले जिल्लामा रहेका अलैची उत्पादन गर्ने कृषकहरुलाई संगठित गर्ने, उत्पादन बृद्धि गर्ने र ब्यवसायलाई थप सफलतातर्फ उन्मुख गर्ने विषयमा ध्यान दिनुपर्ने बताएका थिए । 
    जिल्लामा अलंैची खेति गर्ने झण्डै २ हजार पाँच सय कृषकहरु छन् । पनौती नगरपालिकाका विभिन्न क्षेत्रहरु कुशादेवी, रयाले, भुमेडाँडा, खरिबोट, खोपासी, बेथान्चोक गाउँपालिकाका विभिन्न वडाहरु, मण्डन देउपुर नगरपालिका लगायतका क्षेत्रमा अलैचीको उत्पादन हुने गरेको छ । अलैंची उत्पादनमा बँदेल प्रमुख समस्याका रुपमा रहेको कृषकहरुले बताएका छन् ।