2026 April 30/ 11:49: 29pm

बनेपा/व्यवसायिक ब्युटीसियनहरू उत्पादन गर्दै आएको आई.टी.सी. ब्युटी पार्लर ट्रेनिङ स्कूलको अठारौं शाखा बनेपामा बिस्तार भएको छ । 
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सी.टी.ई.भी.टी) बाट मान्यता लिएर बिगत २४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको आई.टी.सी. ब्युटी स्कूल अन्तर्राष्ट्रियस्तरको ब्युटीसियन कोर्षहरू प्रशिक्षण गराउने नेपालकै प्रतिष्ठित ट्रेनिङ सेन्टर मानिन्छ । काठमाण्डौको डिल्लीबजारमा मुख्य कार्यालय रहेको आई.टी.सी.को ठमेल, लगनखेल, चाहविल, नयाँबानेश्वर, कोटेश्वर, कलङ्की, गोंगबु तथा उपत्यकाबाहिर पोखरा, बुटवल, नारायणघाट, बाग्लुङ, इटहरी, दाङ, बिर्तामोड, दमकमा समेत शाखाहरू सञ्चालनमा रहेका छन् । बेसिक ब्युटिसियन, एडभान्स डिप्लोमा, टिचर्स ट्रेनिङ, नेल आर्ट, मेहन्दी, फेसियल, हेयर कटिङ, मेकअप लगायतका अन्य कोर्षहरूमा प्रशिक्षण गराउँदै आएको आई.टी.सी.ले उत्कृष्ट अङ्क हासिल गर्ने प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर समेत प्रदान गरिने नीति रहेको जानकारी आई.टी.सी.की व्यबस्थापक तथा वरिष्ठ व्युटिसियन शोभा अर्यालले जानकारी दिईन् । बनेपा, धुलिखेल, पनौती र यसै आसपास क्षेत्रका सेवाग्राहीहरूको मागलाई ध्यानमा राख्दै बनेपामा शाखा बिस्तार गरिएको हो । व्यवस्थापक तथा वरिष्ठ व्युटिसियन अर्यालले बिदेश जाने महिलाहरूका लागि समेत लक्षित गरी विशेष कोर्षहरू सञ्चालन हुने बताईन् ।