2026 April 30/ 10:24: 48pm

   दाप्चा/नमोबुद्ध नगरपालिका दाप्चा स्वास्थ्य चौकीको आयोजनामा वडा नं ९ साविक छत्रेबाँझ गाविस भित्रका ६ महिना देखी ५ वर्ष सम्मका बालबालिकाहरुबाट स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रमको आयोजना गरिएको छ । 
    प्रतिस्पर्धा कार्यक्रममा साविकका महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफ्नो कार्यक्षेत्रबाट पुर्ण खोप पाएका, नियमित तौल अनुगमन गरेका, स्वास्थ्य संस्थामा जन्मिएका बच्चाहरुलाई प्रथमिकतामा राखी छनौट गरी पठाएका ८ जना बच्चाहरुबाट उत्कृष्ट तिन जनालाई छनौट गरिएको थियो । छनौट हुने बच्चाहरुमा प्रथम प्रनिस लामा, द्धितिय निश्चल श्रेष्ठ र तृतिय प्रतिक्षा लामा रहेका छन् । छनौट भएका बच्चाहरुलाई नमोबुद्ध नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष मेलबहादुर लामाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा ब्यबस्थापन समितिका पधादिकारीहरु, महिला स्वास्थ्य स्वयमं सेविकाहरु, आमा समुहका सदस्यहरु, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य अधिकृत भगिरथ अधिकारीले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष मेल बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।