2026 April 30/ 10:36: 47pm

आत्महत्या र जर्बजस्ति करणी बढ्यो
    बनेपा/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
    मानवअधिकारकर्मी भोजराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यता रहेको थियो । सहभागिहरुले प्रहरीको काम कारवाही र स्थानीय सरकारका बारेमा सुधार गर्नु पर्ने विषयमा प्रहरीलाई सुझाव दिएका थिए । कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, नेपाली सेनाका कर्णेल सुवास खड्का, शशस्त्र प्रहरी बलका प्रमुख एसपी बेनु पाठक, राष्ट्रिय अनुसन्धानका प्रमुख डिएस्पी सरोज निरौला, जिल्ला समन्वय समितिका प्रवक्ता प्रेम लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले प्रहरीले नागरिकहरुलाई दिनु पर्ने सेवा र प्रहरीको सेवामा सुधार गर्नु पर्ने बताएका थिए । 
    जिल्लामा पछिल्लो समय बालबालिका र महिलाहरु आफन्तसँग असुरक्षित भएको बताए । जिल्लामा पछिल्लो तीन महिनामा जर्वजस्ति करणीका १२ वटा घटना भएका छन् भने बहुविवाहका २ वटा घटना दुई वटा दर्ता भएको छ । अभद्र ब्यहवार सम्वन्धी ६८ वटा घटना दर्ता भएका छन् भने कर्तब्य ज्यानका ३ वटा, लागु औषध ४ वटा मुद्दा दर्ता भएका छन् । झुण्डी २६ जना र विष सेवनबाट ९ जनाले आत्महत्या गरेका छन् । १ सय ४६ जना अभियुक्त पक्राउ परेका छन् । १ सय ३० लैङ्गिक सञ्जाल गठन भएका छन् १ सय ३० वटा वडा समिति, २ सय वटा टोल समिति, विद्यालय सम्पर्क समिति १ सय वटा, पालिका स्तरीय १३ वटा, जिल्ला समिति १ वटा गठन भएका छन् । 
    सवारी दुर्घटना तीन महिनामा १९ वटा भएका छन् । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले बताए । ट्राफिक कारवाहीमा ७ हजार ५० परेका छन् । ४२ लाख ८६ हजार ५ सय राजश्व संकलन भएको छ । प्रहरीले पछिल्लो समयमा ७१ वटा महिला हिंसा सम्वन्धी उजुरी परेकोमा ३७ वटा मिलापत्र भएको र ३४ वटा बाँकी रहेका छन् । ५६ जना तीन महिनामा हराएका छन् भने हराएका मध्ये २० जना फेला परेका छन् ।