धुलिखेल/नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन धुलिखेल रुट ईकाईको आयोजना र मेडिसिटी हस्पिटलको सहयोगमा स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शिविरको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले गरेका थिए । कार्यक्रममा बोल्दै राईले सगंठनको केन्द्रिय कार्यक्रम अन्र्तगत देशै भरी मजदुरहरुको स्वास्थ्य परिक्षण गरी दुर्घटना न्युनिकरण अभियानमा लागेको बताएका थिए । सवारी दुर्घटनाबाट जोगीन पहिला चालक नै स्वास्थ्य हुन पर्ने भएकाले अभियान शुरु गरिएको बताए । मजदुरहरु सामान्य समस्या हुदाँ हस्पिटल नजाने र एकै पटक ठुलो रोग लागे पछि जाने र सवारी चलाउँदा चलाउदै बिरामी परेको हुदाँ मजदुरहरुको विशेष गरी आँखा, सुगर, प्रेसर र मुटुमा बढी समस्या आउने भएकाले शिबिरको आयोजना गरिएको बताए । कार्यक्रममा राईले सगंठन मजदुरको हरेक समस्यामा सगै रहेकाले देशै भरी स्वास्थ्य परिक्षण लगाएतका हरेक समस्यामा सघाउने बताए । कार्यक्रममा संगठनका केन्द्रिय महासचिब नवराज घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटा, जिल्ला ट्राफिक प्रमुख दामोदर सिलवाल, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख निरञ्जन भट्टराई लगाएतका ब्यक्तिहरुले उक्त कामको प्रशंसा गरेका थिए । शिबिर कार्यक्रममा १ सय ५७ जनाले स्वास्थ परिक्षण गराएका थिए भने ४६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमम सगंठनका अध्यक्ष अर्जुन लामाको सभापतित्वमा र सचिब होम बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।





