बनेपा/बनेपाको एतिहासीक लायकु दरबार लायकु चौउरमा खुल्ला सभाहल बन्ने भएको छ । सभा हलको शिल्यान्यश बनेपा नगरपालिकका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रममका बिच गरेका थिए ।
सभाहलको शिल्यान्यास गर्दे प्रमुख अतिथी बादेले विकास निमार्णमा कुनै पार्टी जातजाती नहुने बताए । नगरको विकासका लागी नगरवासीको साथ सहयोग रहने भएकाले विकासमा कुनै राजनीतिक रगं नहुने बताएका थिए । नगरको विकास धेरै अगाडी बढेकाले निर्वाचनमा बोलेका बाचाहरु पुरा हुदै गएको बताए । निर्वाचनका समयमा चण्डेश्वरीमा स्नान गृह निमार्ण तथा पिकनिक स्पोर्ट, लायुकु चौउरमा खुल्ला सभाहल, सडकहरु कालोपत्रे, फोहोर मैला ब्यबस्थापन, एकिकृत खानेपानी लगाएतका कार्यहरु भैइरहेको समेत बताएका थिए । यि सबै विकासका कामहरु नगरपालिका एक्लैले गरेको होईन्, बादेले भने यसमा संचार तथा सुचना प्रबिधि मन्त्री, प्रदेश सांसद, जनप्रतिनिधी, उपभोक्ता समिती र स्थानीयको सहयोगमा सम्भब भएको बताएका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपभोक्ता समितिका सचिब पदम सुन्दर श्रेष्ठले राखेका थिए । संचार तथा सुचना प्रबिधी मन्त्री गोकुल बास्कोटाको पुर्वाधार विकासबाट ५० लाख आएकाले सो रकम बाट खुल्ला सभाहल, ४ वटा शौचालय, ढुङ्गा बिच्छयाउने, बगैचा निमार्ण गरिने बताए ।
शिल्यान्यास कार्यक्रममा पुर्व सभासद शिला कतिला, ५ नं वडा अध्यक्ष बलराम अधिकारी, ६ नं वडा अध्यक्ष सचितानन्द केसी, ८ का दान बहादुर मानन्धर र १३ का अमन नापित, नेकपा बनेपाका नेता सागर कपालि, नेपाली कांग्रेसका नगर सभापति राम जोशी, समाजसेबी रत्नकुश रञ्जित, रविन्द्र बैदार, मंगलमान प्रजापति लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कमलशोभा रञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो ।





