बनेपा/बनेपाको ऐतिहासिक श्रीमाई चण्डेश्वरी जात्राको सुरक्षा ब्यबस्थापनका लागी नगरपालिकाका प्रमुख लक्ष्मी नरंसि बादेको अध्यक्षतामा छलफल गरी तयारी शुरु गरिएको छ ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, ससत्र प्रहरी प्रमुख एसपी भानु पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख सरोज निरौला, जिल्ला ट्राफिक प्रमुख निशेष चापागाई, इलाका प्रहरी कार्यलय बनेपाका प्रमुख निरन्जन भट्टराई, बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, जात्रा ब्यबस्थापनकाद्धारे, वडा अध्यक्ष तथा स्थानीयहरुको सहभागिता रहेको थियो । जात्रालाई सफल बनाउन आई पर्ने समस्या र समाधानका लागि तयारी अवस्थामा रहनु पर्ने विषयमा छलफल भएको थियो । सुरक्षाकर्मी, नगरपालिका कर्मचारी, स्वयम सेबक, जनप्रतिनीधी स्थानीय सघं सस्थाहरुका समन्वयमा जात्रालाई भब्य र सभ्य बनाउने निर्णय भएको छ । जात्रामा हुने झै झगडा, चोरी लुटपाट नियन्त्रण गर्न सिसिटिभी मर्मत तथा अपुग भएको ठाउँमा सिसिटिभी थप्ने निर्णय भएको छ । चण्डेश्वरी जात्रा आगामी जेठ ४ र ५ गते चल्ने छ ।





