शंखु/नेपाल सिर्जनशिल संस्था धुलिखेल नगरपालिका १२ एक्लेखेतको आयोजना तथा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा तथा १२ नं वडा कार्यालयको प्राविधिक सहयोगमा निशिुल्क १ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिबिरको उद्घाटन धुलिखेल नगरपालिकका नगर प्रमुख अशोक ब्यान्जुले गरेका थिए । शिविरमा बोल्दै ब्यान्जुले धुलिखेल नगर भित्रका नागरीकहरुले शिक्षा र स्वास्थ्यको अभावमा बस्नु नपर्ने बताए । ‘नगरपालिकाले केहि समय पछि नै प्रत्येक नागरिकको स्वास्थ्य विमा गर्न लागेकाले स्वास्थ्य उपचारको अभामा कोहि पनि नागरिक बस्नु पर्दैेन’– ब्यान्जुले बताए । नगरले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो पार्क निर्माण लगायतका विकासका कामहरुलाई तिब्र गतिमा अगाडी बढाएको बताए । धुलिखेल नगरपालिकालाई ग्रिनसिटीको रुपमा विकास गर्ने कार्य अगाडी बढिसकेको बताएका थिए । नगर भित्र एक घर एक धारा अभियान १ नं वडाबाट शुरु भैईसेको समेत कार्यक्रममा बताएका थिए ।
कार्यक्रममा सिर्जनशिल नेपालका केन्द्रिय अध्यक्ष प्रकाश लामा, सोही संस्थाकी पार्वती लामा लगायतले शिबिरको बारेमा मन्तब्य राखेका थिए । शिबिरमा हाईड्रोशिल, हर्निया, आँखा, सुगर प्रेसर लगायतका रोगहरुको परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण ३ सय ५१ जनाले गरेको स्थानीय सुनिल लामाले वताए ।





