2026 April 30/ 09:12: 13pm

    डाँडागाउँ/जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित कुमारी माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन हस्तान्तरण गरिएको छ । 
    कुमारी माध्यमिक विद्यालयले ८ कोठे नयाँ भवन प्राप्त गरेको छ । भुकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको क्रममा नेपाल सरकार पुनर्निर्माण प्राधिकरण (शिक्षा) मार्फत् निर्माण भएको ८ कोठे भवनको मन्त्री युवराज दुलालले उद्घाटनका साथ हस्तान्तरण गरेका छन् । यससँगै विद्यालयको पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक होम बहादुर वाईबाले बताए ।
    जिल्लाको विकट क्षेत्र डाँडापारीस्थित खानीखोला गाउँपालिका वडा नं. ४ स्थित जगथलीसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ ।  मन्त्री दुलालले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । गाउँसम्म बस सञ्चालन भएपछि स्थानीय हर्षित बनेका छन् । केही ठाउँमा बाटो स्तरोन्नती गरेपछि नियमित बस सञ्चालन हुने जनाएको छ । यससँगै खानीखोला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्सको मन्त्री दुलालले उद्घाटन गरेका हुन् । गाउँपालिकाले झण्डै ११ लाख बराबरमा एम्बुलेन्स खरिद गरेका हुन् ।
    कार्यक्रममा बोल्दै प्रदेश सांसद्द्वय चन्द्र लामा र रत्न ढकालले चुनावमा गरेका प्रतिबद्धता सबै पूरा गर्ने बताएका थिए ।