धुलिखेल/अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारी धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालय अस्पतालको प्रमाणपत्र तहमा अध्ययनरत विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
दीक्षान्तमा सहभागि विद्यार्थीहरुलाई कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नर्सिङ्ग क्षेत्रमा कार्यरत ब्यक्तिहरुले विरामीहरुको स्वास्थ्यमा पु¥याउनु पर्ने सेवाका बारेमा चर्चा गरिएको थियो । धुलिखेल अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै कलाकारद्धयले सरकारले नेपालीहरुको स्वास्थ्यको विमा मार्फत गुणस्तरीय सेवामा सहयोग पु¥याउनु पर्ने बताए । अस्पताल एक्लैले दिएको सेवामा सरकारको सहयोग रहेको अवस्थामा आम नागरिकले गुणस्तरीय सेवा पाउनेमा कलाकारद्धयले विश्वास ब्यक्त गरेका थिए । दीक्षान्त समारोहमा ४२ जना विद्यार्थीहरुले प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले लिएको उदेश्य प्राप्तीका लागि हरेक क्षेत्रको सक्रियता रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा निरन्तर लाग्न दिक्षीत विद्यार्थीहरुलाई अनुरोध गरे । नर्सहरुको भूमिकाबाट विरामीहरुको रोग निको हुनमा प्रभाव पार्ने भएकाले नम्र भई सेवा गर्न उपकुलपति माकजुले आग्रह गरे । कार्यक्रममा अस्पतालका प्रशासकिय निर्देशक रमेश माकजुले अस्पतालको विगत र वर्तमानका भोगाईहरु प्रस्तुत गरेका थिए । काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा. राजेन्द्र कोजुले अस्पतालको शुरुवाती अवस्था र अहिलेको अवस्थासम्म आईपुग्दा नर्सिङ्ग क्षेत्रको महत्व र आगामी दिनमा दिने सेवामा अझै प्रभावकारी र गुणस्तरी बनाउन खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा दिक्षित विद्यार्थी सुजाता ठकुरी, नर्सिङ्ग विभागका सचिना मोक्तान, डा. कुन्तादेवी पुन लगायतले मन्तब्य राखेका थिए ।





