2026 April 30/ 07:37: 05pm

    धुलिखेल/धुलिखेल नगरपालिका र सामुदायिक विकास तथा अनुसन्धान नेपाल नेपाल बीच मनोसामाजिक परामर्श र प्राथमिक मानसिक हेरचाह सेवाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ । 
    सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा उपप्रमुख विमला शर्मा, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, संस्थाका अध्यक्ष विरबहादुर लामा, कर्ड नेपालका श्याम तिमल्सिना लगायतले स्वास्थ्य सेवाका बारेमा जानकारी गराएका थिए । पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगका कारण ब्यक्तिहरु प्रभावित बन्दै गएका छन् । धुलिखेल नगरपालिका भित्र रहेका नागरिकहरुको स्वास्थ्यका लागि उक्त संस्था र नगरपालिकाले सहयोग पु¥याउने उदेश्यले उक्त सहमति गरिएको बताईएको छ । मनोसामाजिक परामर्श सम्वन्धी धुलिखेल नगरपालिकामा परामर्शकर्ता राखी डेक्स स्थापना गरिने छ । 
    नगर प्रमुख ब्याञ्जुले आर्थिक अवस्था कमजोर भएका पछाडी परेका ब्यक्तिहरुलाई स्थानीय सरकारले सहयोग पु¥याउने बताए । उमेर, खाना, रिस र डाहाका कारण विभिन्न रोगहरु उत्पन्न हुने बताउँदै नगर प्रमुख ब्याञ्जुले सकारात्मक सोचका लागि सन्तुष्ट प्राप्त गर्नु पर्ने बताए ।