2026 April 30/ 09:07: 47am

    औपचारिक राष्ट्रिय पोशाक आजको आवश्यक्ता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    राष्ट्रिय पोशाक संरक्षण महा अभियान नेपालले आयोजना गरेको कार्यक्रममा नेकपाका साँसद मेटमणी चौधरी, युवा संघका अध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेसकी नेतृ कमला पन्त, नेविसंघका सभापति नैनसिंह महर तथा पूर्व साँसद लालवावु यादवले पार्टीको तर्फवाट प्रतिनिधित्व गरेका थिए । २०७० सालदेखी नेपालको औपचारिक राष्ट्रिय पोशाक घोषणा हुनुपर्ने तथा पौष १७ गते लाई राष्ट्रिय पोशाक दिवसको स्थापना गर्नुपर्ने साथै देशलाई प्रतिनिधित्व गर्ने राज्यको विशिष्ट व्यक्तित्व तथा प्रतिनिधिले बैदेशिक यात्रामा अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने माग सहित अभियानले निरन्तर सरकारलाई दवाव दिईरहेको अभियानका केन्द्रिय संयोजक राजानन्द माण्डव्यले बताए ।