2026 April 30/ 09:07: 47am

    बनेपा/समाज रुपान्तरणका लागि महिलाहरुको भूमीका रहन्छ भन्ने उदाहरण स्वरुप साना साना तर असल प्रयासहरुलाई ब्यवहारमा उतार्दै अगाडी बढ्दै गरेको उज्यालो महिला समाजले गत अक्टोबर १ तारिक मा २८ औं जेष्ठ नागरिक दिवसको अवसर पारेर वृद्ध वृद्धा सम्मान तथा सहयोग कार्यक्रम आयोजना गरेको छ । 
    भकुण्डेवेसि जेसिजसँगको सहकार्यमा गरिएको उक्त सहयोग कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि रश्मी सिल्पकारको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष रुकमणी सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव सुमिता श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिईन् । बौद्ध वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको सम्मान तथा सहयोग  स्वरुप एक महिनाको लागि खाद्यान्न उपलब्ध गराईएको छ । संस्थाले यस अघि पनि बालबालिकाको लागि सहयोग तथा नगर सरसफाईको कार्यहरु गरिरसकेको छ । समाजको स्तरोन्नतीमा महिलाको भूमीकालाई प्रश्तुत गर्ने सोचले स्थापना भएको उक्त संस्थाले सामाजिक कार्यहरु गर्ने बताएको छ । आगामी मंसिर ३ गते स्थापनाको पहिलो बर्षको अवसरमा महत्वपूर्ण कार्य गर्ने सोच रहेको अध्यक्ष रुकमणी सिग्देलले बताईन् ।