2026 April 30/ 10:18: 27am

    जिल्लाकै सबै भन्दा धेरै सदस्य भई अन्र्तराष्ट्रिय स्तरको ब्राण्डमा निरन्तर रहेको जिल्लाको विन्धबासिनी सहकारीमा पुनः प्रदिप थापा निर्विरोध भएका छन् ।   त्यस्तै उपाध्यक्ष भिमसेनप्रसाद सापकोटा, सचिव रामशरण भण्डारी, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ निर्विरोध भएका छन् । संचालक सदस्यहरुमा राजेन्द्रप्रसाद गुरागाई, भिमबहादुर केसी, भवनाथ तिमल्सिना, डोरेन्द्र सापकोटा र गोविन्दप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने महिला समितिमा अनिता अधिकारी, देवकी हुमागाई, पुनम घिमिरे कार्की र निर्मला दाहाल चौलागाई रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा सुन्दर श्रेष्ठ र सदस्यहरुमा रामकुमार श्रेष्ठ र सुशिला वादे कतिला निर्विरोध निर्वाचित भएका छन् । 
    सहकारीको साधारण सभा क्षेत्रिय स्तरमा गर्न सक्ने ब्यवस्था भएकाले सदस्यहरुको सहजताका लागि समेत ध्यान दिदै सहकारीले २०७५ असोज १९ गते शुक्रबार ढुंखर्क क्षेत्र, पाँचखाल क्षेत्र र भकुण्डे क्षेत्रको सम्वन्धित स्थानमै गर्ने भएको छ भने शनिबार असोज २० गते बनेपा क्षेत्रको पञ्चकन्या बेन्क्वेटमा, पनौती क्षेत्रको ताम्राकार पार्टी प्यालेसमा र खोपासी क्षेत्रको बाल आदर्श माविमा आयोजना गरेको छ ।