2026 May 01/ 08:13: 10am

बनेपा/एक–एक वर्षमा नेतृत्व परिवर्तन हुने जेसीजका समितिहरुमा वर्ष २०२० का लागि चयन भएका पदाधिकारीहरुको धमाधम पदस्थापन भएको छ । भकुण्डेबेशी जेसीजको पदस्थापन शनिबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
भकुण्डेबेशी जेसीजमा श्रीकृष्ण अधिकारी चयन हुनु भएको छ । भकुण्डेबेशी जेसीजको नवौं अधिवेशन तथा १० औं बार्षिक साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा श्रीहरी अधिकारी, उत्तम सुन्दास, महासचिवमा सुदर्शन चिमौरिया, कानुनी सल्लाहकारमा सुमन दाहाल, कोषाध्यक्षमा प्रमोद काफ्ले, उपाध्यक्षमा शिव न्यौपाने, प्रकाश तिमल्सिना, बद्रि तिमल्सिना, राजु तिमल्सिना चयन हुनुभएको हो । पदस्थापन कार्यक्रममा पूर्व अध्यक्षहरु, राजनीति दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योग बाणिज्य संघ, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । यसैगरी भकुण्डेबेशी जुनियर जेसीजको बर्ष २०२० को अध्यक्षमा विजय लामा निर्वाचित भएका छन् । कार्यकारी उपाध्यक्षमा सनुप श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ, महासचिवमा विजय खनाल, कानुनी सल्लाहकारमा रजिना श्रेष्ठ, कोषाध्यक्षमा स्वस्तिका परियार तथा उपाध्यक्षहरुमा अमृता काफ्ले सन्तोषी सिलवाल, निकि श्रेष्ठ र पूर्णिमा श्रेष्ठ चयन थिए । वर्ष २०१९ का अध्यक्षहरुले वर्ष २०२० का अध्यक्षहरुलाई पद हस्तान्तरण गर्नु भएको थियो ।